भक्तपुर । विहीबार विहान १० बजेदेखि भइरहेको राष्टपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदान नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीलले जनाएको छ । पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन् ।  

...

All Comments.......


Please Login/Register To Comments