उपराष्ट्रपति पदमा जसपाका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।  उनी ३० हजार ३ सय २८ मतभारले उपराष्ट्रपतिमा निर्वाचित भएका हुन।

उनलाई काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरुले समर्थन गरेका थिए। यादवलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका थिए। जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए। उम्मेदवारी फिर्ता लिएकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएकी छिन्।

...

All Comments.......


Please Login/Register To Comments