भक्तपुर । चखु टोल सुधार समिति सिपाडोलको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कूल ३० जना रक्तदाताले रक्तदान गरेको रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।

ँकोरोना महामारीका बीच पनि सुरक्षा विधि अपनाउदै सिपाडोल रेडक्रस उपशाखासँग समन्वय गरी मानवीय सेवा कार्य अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको चखु टोल सुधार समितिका अध्यक्ष नविन कुमार थापाले बताए ।
उनले निषेधाज्ञाको अवस्थामा पनि सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अवलम्बन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

...

All Comments.......


Please Login/Register To Comments