काठमाडौ । मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण थालेपछि काठमाडौ उपत्यकामा खानेपानीको आपूर्ति फालाफाल हुने अनुमान थियो । तर मेलम्चीको खानेपानी वितरण भइसक्दा पनि काठमाडौंमा खानेपानी मागको आधाआधी मात्रै आपूर्ति हुन सकेको छ । 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले राखेको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा अहिले दैनिक खानेपानीको माग ४७ करोड छ । तर केयूकेएलले मागको आधाआधी मात्रै अर्थात् २३ करोड मात्रै वितरण गर्न सकेको तथ्यांक छ । सुख्खायाममा परम्परागत श्रोतको १० करोड र मेलम्चीको १३ करोड गरी कुल दैनिक २३ करोडमा मात्रै पानी वितरण गर्न सकेको हो । जवकि माग भने दोव्वर भन्दा वढी अर्थात् ४७ करोड लिटर दैनिक छ । 
मेलम्चीबाट कुल १७ करोड लिटर दैनिक आउने क्षमता छ । तर अहिले १३ करोड लिटर मात्रै पानी वितरण हुन सकिरहेको छ । दैनिक चार करोड लिटर परीक्षण वितरण रहेकोले खेर जाने गरेको छ । 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता एवं प्रबन्धक प्रकाशकुमार राईले मेलम्चीको पानी पूर्ण रुपमा वितरण हुँंदा पनि दैनिक २७ लिटर पानी वितरण हुने छ । परम्परागत श्रोतबाट १० र मेलम्चीबाट १७ करोड गरी कुल २७ करोड लिटर पानी वितरणको क्षमता हुने छ । जबकि त्यो समयसम्म यसको दोव्वर खानेपानी माग पुग्ने छ । हरेक वर्ष उपत्यकामा खानेपानीको माग करिब १० प्रतिशतका दरले बढ्छ । 
खानेपानीको अभाब रहेपछि केयूकेएलले निरन्तर ट्यांकरबाट पनि पानी वितरण गरिरहेको प्रवक्ता राई सुनाउँंछन् । केयूकेएलका अनुसार ट्यांकरबाट पनि वर्षमा २१ हजार ३०० ट्रिप पानी आपूर्ति हुन्छ । दैनिक औसत ५८ ट्रिप ट्यांकरको पानी काठमाडौंमा माग हुने गरेको केयूकेएलको तथ्याङ्क छ । तर, तथ्यांक राख्ने व्यवस्थित प्रणाली नभएकाले यो भन्दा दोब्बरसम्म ट्यांकरको पानी खपत भइरहेको हुनसक्ने केयूकेएलका अधिकारीहरु बताउँछन् ।
काठमाडौंमा ५ हजारदेखि १० हजार लिटरसम्मको ट्यांकरले प्रतिट्यांकर २ हजारदेखि ३५ सयसम्म शुल्क लिन्छन् । यसले उपभोक्तालाई चर्को मूल्य तिरेर पानी किन्नुपर्ने बाध्यतामा पारेको छ । जार र बोतलबाट हुने पानी आपूर्तिको पनि यकीन विवरण पाइँदैन । 
१ फागुन २०६४ मा उपत्यका खानेपानी विकास बोर्डले केयूकेएललाई ३० वर्षका लागि काठमाडौंमा खानेपानी वितरणको जिम्मा दिएको थियो । खानेपानी संस्थानबाट अलग बनाएर कम्पनीमार्फत खानेपानी वितरण गर्दा प्रभावकारी हुने अपेक्षा गरिए पनि अवस्था झन खराब बन्दै गएको छ । मेलम्चीको पानी आएपछि अवस्था सुध्रने अपेक्षा गरिए पनि अब त्यसमा धेरै भर पर्न नहुने अवस्था देखिएको केयूकेएलकै अधिकारीहरु बताउँछन् । 

...

All Comments.......


Please Login/Register To Comments