साहित्यकार तथा समाजसेवी राम लामा अविनाशी भारतमा पुरस्कृत हुनुभएको छ । अमेरिकाको क्यालिफोर्निया निवासी लामालाई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भारतको कोलकातामा भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको नाममा स्थापित अन्तराष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । 
साहित्यिक लेखनका साथै स्रष्टा लामा व्यवसाय तथा सामाजिक सेवाका विविध कार्यमा पनि सक्रिय हुनुहुन्छ । उहाँले २५ अमेरिकी डलरको साहित्यिक पुरस्कार स्थापना गर्नुका साथै लसएन्जलसमा निर्माण गरिएको भगवान् बुद्ध र पशुपति मन्दिरका लागि ७० हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो । 
स्रष्टा लामाका पिल्सिएको परदेशीमन र सुगन्धित माटो लगायतका कृति प्रकाशित छन् । 

...

All Comments.......


Please Login/Register To Comments