रामकृष्ण प्रजापति


म यस्तो युगमा छु
जुन युगमा आफ्नै नाकमुनि
हतियार देखाएर दवाई रहेका छन् ।

यो अराजक युगमा
स्वास्नी मानिसहरु
समाज कै अगाडि
बलात्कृत हुँदैछन्
जबकी
मलाई सडक पनि प्रसुति गृह झै लाग्दैछ
बौ विनाको बालक जन्मिरहेका छन् ।
सडकमा भोकै सुतिरहेका छन् ।

यो पैसाको युगमा
मान्छेलाई ककुर बनाई
बेसरी भुकाउँछन्
बरु कुकुरहरु
मलिकको अंगालोमा
सुमसुम्याई रहेका हुन्छन्
यस्तो लाग्छ कि
तिनकै श्रीमतीलाई
म्वाइ खुवाई रहेको जस्तो
गलामा चाट्न दिई रहेका छन् ।

यस्तै छ यो दुःखको युग
जहाँ फुल अंगारे बनी
मुखबाट आगो ओकलि रहेका छन्
ध्वंसात्मक गतिविधि गर्न
मानौं ती
निमुखा हातहरु पनि बारुद्ध हुन ।

अचेल मलाई
नाजुक हातहरु पनि डर लाग्छ
किनकि
नाजुक हातहरुले समेत
हतियार बोक्न थाले ।

यो अनौठो युगमा
लंगडो पनि घडी झैं भाग्छन् ।
अनि घडीहरु
भित्तामा लंगडो भइरहेका छन् ।
धन्यवाद !

...

All Comments.......


Please Login/Register To Comments