मध्यपुर, १३ चैत । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा लोकन्थलीमा रहेको मातृभूमि स्कूलमा अचाक्ली शुल्क बृद्धि गरेकोबारे पत्रपत्रिकामा आएको गुनासोको आधारमा अनुगमन गर्यो । 
अनुगमनमा अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ भर्ना पचास हजार, डिपोजित पचास हजार, पूर्व प्रथामिकको मासिक शुल्क पन्ध्र हजार, प्रथामिक स्कूलमा बीस हजार, निमाबिमा एकाइस हजार र माबिमा बाइस हजार र यातायात तीन हजार रुपैंया, बार्षिक शुल्क पच्चीस हजार शुल्क निर्धारण गर्दा ३३ प्रतिशतदेखि ५० प्रतिशतसम्म शुल्क बृद्धि गरेको गुनासो आएको बताउनुभयो । उहाँले विद्यालयकले शुल्क निर्धारण गर्दा अभिभावक भेला राखी, व्यवस्थापन समितिले निर्णय गरी नगरशिक्षामा शुल्क प्रस्ताव पेश गरी शुल्क निर्धारण समितिले निर्णय पछि स्विकृति लिई मात्र शुल्क उठाउनु पर्नेमा स्विकृति विना नै बढाएकोले नियम कानुन अनुरसार नभएकोले र कानुनलाई उल्लंघन गरे विद्यालयलाय अप्ठ्यारो हुन्छ भन्नुभयो । उहाँले विद्यालयले अभिभावकहरुलाई चित्त बुझाएर अभिभावकले तिर्न सक्ने क्षमतालाई मध्य नजर गरी र मुद्रास्फिति अनुसार केही मात्र शुल्क बृद्धि गर्नुपर्नेमा मनपरी शुल्क बृद्धि गरी शिक्षालाई व्यापारिकरण गर्दा भोलि विद्यालय नै बन्द हुन सक्ने भएकोले ज्ञानको मन्दिरलाई तुहाउन नहुने बताउनुभयो । उहाँले प्रतिस्पर्धाको समयमा सरकारी विद्यालयहरु राम्रो हुँदै गएको अवस्थामा संस्थागत विद्यलायले मनपरि शुल्कबृद्धि गरे बिद्यालयको भविष्य समाप्त हुने बाटो तर्फ दो¥हरिन सक्छ भन्नुभयो । उहाँले विद्यालयले विद्यार्थीहरु विकृति तर्फ उन्मुख हुन सक्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।    
बिद्यालयका प्रिसिपल प्रकृति केसि पन्तले भर्ना शुल्क, डिपोजित, मासिक शुल्क, यातायात र बार्षिक शुल्कमा पाँच पाँचहजारका दरले बृद्धि गरेको स्विकार गरी पूर्वाधार र सुविधा अनुसार अभिभावकहरुको सरसल्लाहमा शुल्क बृद्धि गरेको र पूर्वाधार तयार नगरे विद्यार्थीहरु काठमाण्डौंको महंगो विद्यालयमा लानेसम्मको कुरा आएपछि पूर्वाधारसंगै शुल्क बृद्धि गरेको बताउनुभयो । उहाँले केही केही अभिभावकको गुनासोलाई हेरेर कुरा गर्नुभन्दा विद्यालय निरिक्षण गरी गरी गुनासो गरे राम्रो हुने बताउनुभयो । 
अनुगमनमा निर्वमान अध्यक्ष मणिरत्न बज्राचार्य, बरिष्ठ उपाध्यक्ष राम सुवाल, सह सचिव राजकुमार लघुको सहभागिता रहेको थियो भने विद्यालयको पुरा निरिक्षण गरेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments