भक्तपुर । भक्तपुरका एकजना अभिभावकले जेन्युयन स्कुललाई कारबाही गर्न माग गरेका छन् । स्कुलले अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धी ऐन, २०७५ को परिच्छेद २ को दफ ३.१ र दफा ९.१ पालना नभएको भन्दै आवश्यक अनुगमन र काम कारबाहीको लागि निवेदन दिएको छ । भक्तपुर नगरपालिका वडा नं ३ (हाल भक्तपुरको घलातें) निवासी अभिभाबक राजन अवालले स्कुलको अनुगमन गरिदिन भक्तपुर नगरपालिका नगर शिक्षा शाखामा मंगलबार निवेदन दताए गराएका छन् । त्यसको दर्ता नं ६ सय १० रहेको छ । 
निवेदनमा उल्लेख भएका अनुसार राजन अवालले आफनी छोरी आराध्या लक्ष्मी अवाललाई उक्त स्कुलमा भर्ना गर्न प्रवेश परीक्षा दिएकी थिइन् । तर स्कुलले प्रवेश परीक्षामा एक सय पूर्णां ३८ मात्रै अंक प्राप्त गरेकोले भर्ना लिन नसकिने जनाएको राजनको पत्रमा उल्लेख छ । स्कुलको यो कार्य अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धी ऐन, २०७५ को परिच्छेद २ को दफ ३.१ र दफा ९.१ को दफा पालना नभएको उनको जिकिर छ । 

...

All Comments.......


Please Login/Register To Comments