भक्तपुर । नेक्राविसंघ भक्तपुर बहुमुखी क्याम्पस समितिले आन्तरिक कार्यक्रम बाहिर गर्ने, हुलदङ्गा हुने कार्यक्रम क्याम्पसमा गर्न दिने के अब क्याम्पसलाई क्लब बनाउन खोजिएको हो ? लेखिएको कालो ब्यानर सहित आन्दोलित भएका छन् । विश्वविद्यालमा अध्ययनरत देशका कर्णधारलाई विकृतिबाट बचाऔँ, साँस्कृतिकस्तर विकास गर्न शैक्षिक कार्यक्रमलाई अगाडि बढानु पर्ने संघले उल्लेख गरेको छ । 
संघले जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयको बिबिएस चौथो वर्ष र स्नातक तह समेष्टर प्रणालीको दोस्रो र चौथो सेमेष्टरको अन्तिम वार्षिक परीक्षा सञ्चालन भइरहेको अवस्थामा क्याम्पस हाताभित्र अखाद्य पिए पदार्थको विज्ञापन गरि क्याम्पसको शैक्षिक वातावरण बिथोल्ने गतिविधि नगराउन अनुरोध गरेका छन् । विद्यार्थीको परीक्षा चलिरहेको अवस्थामा यस्तो गतिविधिले शैक्षिक संस्थाको बद्नाम हुनुका साथै विद्यार्थीलाई मानसिक समस्या हुन सक्ने भएकोले रोक्न लगाउनुपर्ने संघको धारणा रहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments