आन्तरिक राजस्व कार्यालयबाट यहि भाद्र २५ गतेभित्र तिर्नु पर्ने कर दाखिला नगरे करदातालाई जरिवाना लगाउने बारेको सूचना प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
वर्तमान परिस्थितिमा अधिकांश जिल्लाहरु लगायत काठमाडौं उपत्यकामा जारी हुंदै गरेको निषेधाज्ञा भाद्र २४ गते मध्यराती १२ बजेसम्म कायमै रहदै गर्दाको परिस्थितिमा भाद्र २५ गते करदाताले तिर्नुपर्ने सम्पूर्ण कर अनिवार्य रुपमा दाखिला गर्नु पर्ने व्यवस्था असान्दर्भिक र अव्यवहारिक रहेको बारे सम्पूर्ण सरोकारवाला निकायहरु प्रति ध्यानाकर्षण गराउन चाहन्छौं ।
कोविड १९ माहामारीकाबीच लामोसमयसम्मको लकडाउन र निषेधाज्ञाको प्रभावको कारणले आर्थिक कारोवार लगभग पूर्णरुपमा थप्प रहेको छ । अतः वर्तमान संकटमय अवस्था कायम रहुन्जेलसम्म विलम्ब जरिवाना आदि लगाउने व्यवस्था हालको लागि स्थगन गरी उपयुक्त व्यवस्था सहित कर दाखिला म्याद थप गरिदिनुहुनका लागि अनुरोध गर्दछौं ।

...

All Comments.......


Please Login/Register To Comments