भक्तपुर । भक्तपुरको चाँगुनारायण न.पा ७ बागेश्वरी हेल्थ पोष्ट नजिक सोही स्थान बस्ने कर्म गुरुङले बाटोमा पार्कीङ गरी राखेको प्रदेश ३–०२–०१० प ३७१३ नं को २२० सीसी पल्सर मो.सा चोरी गर्दै गरेको अवस्थामा चोरी गर्नेहरु पक्राउमा परेका छन् । उनीहरुलाई उनीहरु सवार भई आएको बा ५८ प ६६१९ नं को मो.सा सहित प्रभाग खरिपाटीबाट खटिएको जनाएको छ । प्र.स.नि डम्बर ब. थापाको टोलीले नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखिएको छ । दुबै मो.सा प्रभाग खरिपाटीको नियन्त्रणमा रहेको जनाइएको छ । घटनास्थल परिसर भक्तपुरबाट अं ८ कि.मी पुर्वमा पर्दछ ।
पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल न.पा २ घर भई हाल चाँगुनारायण न.पा ५ स्थित श्री १ भट्टामा काम गर्ने बर्ष २२ को गोमन तामाङ, सोही स्थान घर भई हाल सोही  भट्टामा काम गर्ने बर्ष १८ को सागर तामाङ रहेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments