भक्तपुर । जिल्ला अदालत भक्तपुरका एकजना अधिकृतले दिउँंसै मापसे गरेर कार्यालय आएको प्रमाणित भएको छ । अदालतका (सुचना अधिकारी) शाखा अधिकृत बिमलप्रसाद पराजुलीले कार्यालयमा मापसे गरी आएको पुष्टी भएको हो । 
यसअघि शंकाको भरमा उनलाई बिहीबार पक्राउ गरिएको थियो । उनलाई अदालतमा खटिएको प्रहरी कर्मचारीहरुले शंकाको आधारमा पक्राउ गरेको थियो । पक्राउ गरी उनलाई मेडिकलको लागी भक्तपुर अस्पताल लगेको थियो । अस्पतालबाट चेकजाँंचपछि उनले मापसे गरेर आएको पुष्टी भएको प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शुक्रबार जनाए । 
अधिकृत पराजुली विहीबार बिहान साढे ११ बजे अफिस प्रवेश गरेका थिए । भक्तपुरको सूर्यविनायक नगरपालीका ५ कटुन्जे घर भएका बर्ष ५२ का उनलाई मापसे गरेको पुष्टी भएपछि जिल्ला अदालतका न्यायाधिससमक्ष बुझाइएको जनाइएको छ । उनलाई मापसे गरेर आएको मेडिकल रिपोर्टको प्रमाणसहित बुझाइएको जनाइएको छ । अव उनींमाथि के कारवाही हुन्छ, त्यो हेर्न बाँंकी नै छ ।

...

All Comments.......


Please Login/Register To Comments