कञ्चन जिआर
मैले प्रेम गरेकी हुँ
कुनै पाप गरेकी होइन
मैले आफ्नो ठानेकी छु
तिम्रो बलिदान चाहेकि छैन ।
सम्बन्ध अनेकौ हुन्छ
बस बुझ्नु जरुरी छ ।
कुन पुस्तकमा लेखेको छ र
प्रेम गरन मनाइ छ?
तिम्रो साथ चाहेकी हुँ
कुनै रात मागेकी छैन
तिम्रो हात थामेकि छु
लड्दा साहारा दिने कोहि छैन ।
समाजको डर छौन
तिम्रो लागि
सन्सार सङौ लड्छु !
यो दुनियको मतलभ छैन
यो दिलमा
तिमलाई नै सझाउछु ।
मेरो सिरको मान तिमी
मैले गर्वले गर्ने सान तिमी
जल्नेहरु जल्दै गर्छन
मेरो जीवन, मेरो ज्यान हौ तिमी ।
मेरो मुटुमा तिमी नै तिमी
मेरो सासमा छौ तिमी ।
कुन शब्दले बयान गरौँ
मेरो लागि
कति खास छौ तिमी !?
यदि,
प्रेम गर्नु पाप हो भने
पाप है सहि
मलाई हालिदेउ जेलखानामा
पापिकी आरोप लगाएर
मलाई मञ्जुर छ ।
...

All Comments.......


Please Login/Register To Comments