मध्यपुर ठिमी, भक्तपुर

शिक्षासंग सँगै संस्कृति र सभ्यता सिकाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासको पहरेदार बन्दै आएको विनायक शिक्षा निकेतन इ स्कुल मध्यपुर ठिमीमा यही 2079 चैत्र 25 गते दीक्षान्त समारोह कार्यक्रमको आयोजना गरियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछी प्रमुख अतिथि रहनुभएको र विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौला र अभिभावक कल्याण बस्नेतकाे आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा शैक्षिकसत्र 2079 सालमा पूर्व प्राथमिक तह पूरा गरेका कक्षा एस केजीका विद्यार्थीहरु दीक्षित भएका थिए। विद्यालयकी पूर्व प्राथमिक तहकी संयोजक शाेभा प्रजापतिले स्वागत मन्तब्य गर्नुभएको तथा शिक्षिका पदम केशरी श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा दीक्षित विद्यार्थीहरुले आफ्नो मन्तब्य राख्दै विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थी भोलिका यस देशका कर्णधार भएकोले उनीहरुलाई सीपयुक्त, संस्कारयुक्त तथा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले कुनै कसर बाँकी नराखेको तथा एक विद्यार्थी एक सीपको अवधारणाअनुसार प्रगतिशील शिक्षा प्रदान गर्न विद्यालय अघि बढेको कुरा बताउनुभयो। त्यस्तै अभिभावक अतिथि कल्याण बस्नेतले विद्यालयले समयानुकुल, वैज्ञानिक व्यावहारिक र संस्कारयुक्त शिक्षा प्रदान गरेकोमा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीले मध्यपुर ठिमी तथा देशकै शिक्षा विकासको क्षेत्रमा स्वभिमानी दक्ष आत्मनिर्भर व्यक्ति बनाउने तथा प्रविधि र सिप मुलक शिक्षा सिकाउने लक्ष्य रहेको यस विद्यालयले सोअनुसारकाे गतिविधि गरिरहेकोमा आफू सन्तुष्ट रहेको कुरा बताउनु भयाे।
...

All Comments.......


Please Login/Register To Comments