वैशाख २, २०७९ गत वर्ष जस्तै साइकल कनेक्ट भक्तपुरले नयाँ वर्ष २०८० को अवसरमा २१ दिने साइक्लिङ च्यालेन्ज आयोजना गरेको छ। १३ जनाको प्रतक्ष्य सहभागितमा नववर्ष २०८०को शुरुवाट सगैँ च्यालेन्ज शुरु भएको छ। नयाँ वर्षको अवसरमा हर्ष र उल्लासका साथ साथै केही नविन तरिकाले आफ्नो वर्षलाई सकारात्मक मनोवृत्ति र स्वस्थ लक्ष्यका साथ सुरु गर्ने उत्कृष्ट अवसरको रूपमा यो चुनौती विकास गरिएको हो। यस च्यालेन्जमा सहभागीहरूले बैशाख १ गते देखि २१ गतेसम्म दैनिक कम्तिमा २ कि.मी. साइकल चलाउनु पर्नेछ साथै विभिन्न बुस्ट च्यालेन्जहरू पुरा गरेर अंक प्राप्त गर्न सक्छन। अन्तिमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने सहभागीले प्याङ्ककस्टम माउन्टेन बाइक उपहार पाउनेछ साथै सहभागीहरूले पनि मेडल, प्रमाण पत्रका साथ साथै विभिन्न पुरस्कार पाउनेछन्। यो चुनौती अरूसँग प्रतिस्पर्धा गर्ने मात्र होइन, बरु यो व्यक्तिगत लक्ष्य हासिल गर्न आफैलाई चुनौती दिने हो। सहभागीहरू आफूलाई चुनौती दिनका साथै साइकल चलाएर स्वस्थ बानीहरू विकास गर्न उत्साहित छन्। साइकल चलाउनु शारिरिक, मानसिक तथा पर्यावरणीय हिसाबमा फाइदाजनक गतिविधि हो जसले व्यक्तिगत विकास ल्याउनका साथ साथै ऊर्जाको अत्यधिक खपत, प्रदूषण, हरितगृह ग्यासका प्रभावहरू, र मौसम परिवर्तन जस्ता विभिन्न खतराहरूको लागि एक महत्त्वपूर्ण समाधान दिन सक्ने विभिन्न अध्ययनहरूले बताएको छ। साइकलिङलाई एघारवटा दिगो विकास लक्ष्यहरूसँग जोडिएको छ भने साइकल चलाउने विकास रणनीतिहरूको एक आवश्यक तत्व भएको विज्ञहरूको सुझाव रहेको छ। साइकल कनेक्ट भक्तपुरको आयोजनमा भइरहेको यस च्यालेन्जलाई काठमाडौंको प्याङ्क बाइक, भक्तपुरको जुजु बाइक्स तथा नेपाल इको प्यानेल, ताम्राकार कर्पोरेट ग्रुप र एस.जि.एल नेपालले सहयोग गरेको छ...

All Comments.......


Please Login/Register To Comments