भक्तपुर । श्रीधर लामिछानेद्धारा लिखित सहज वुढ्यौली नामक पुस्तकको शनिबार भक्तपुरमा एक कार्यक्रमवीच विमोचन गरिएको छ । पुस्तकको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महेन्द्र राय यादवलगायतले संयुक्त रुपमा गरेका थिए । 
पुस्तकको प्रकाशक इष्टर्नल पव्लिकेशन प्रालिे काठमाडौं रहेको छ । पुस्तक दुई सय ६४ पृष्ठको छ । पुस्तक १५ उपशीर्षकहरुमा लेखिएका छन् । पुस्तकको मूल्य व्यक्तिगत तीन सय र संस्थागत पाँंच सय राखिएको थियो । 
कार्यक्रममा पुस्तकका लेखक लामिछानेले पुस्तक विक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम समाजसेवामा लगाउने बताए । पुस्तक विक्रीबाट आउने रकम गैरनाफामुखी संस्था रामेन्द्र सेवा कोषलाई प्रदान गर्ने जनाए । 
कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसाल (९५ वर्ष), डा गौरीशंकर लाल दास (९९ वर्ष)लगायतले पुस्तकका विविध पक्षबारे चर्चा गरे । साथै साहित्यकार चेतनाथ कँंडेल, पुस्तकका सम्पादक श्रीष भण्डारीलगायतले पनि पुस्तककाबारेमा आआफना धारणाहरु राखे । 

...

All Comments.......


Please Login/Register To Comments