भक्तपुर । भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदारहरु पुरिएका छन् । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नं –२ बालकोटको रागीनी हाईटमा कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहँंदा उनीहरु पुरिएको प्रहरीले जनाएको छ । 
साँंझ चार बजेपछि भएको घटनामा परेका उनीहरुको उद्धार कार्य जारी रहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । उनीहरुमध्ये सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट बस्ने बर्ष ३० को सियाराम सदालाई साढे पाँंच बजे उद्दार गरी उपचारको लागी नजिकैको भक्तपुर ईन्टरनेशनल अस्पताल लगेको उनले जनाए । उनी बोल्न सक्ने अबस्थामा रहेको उनले जनाए । सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने बर्ष २२ को नितेश सदाको उद्दार कार्य जारी रहेको एसपी केसीले जनाए । 
निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने बर्ष ४६ को रामदेव यादब एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर ईन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर प्रेशरको रोगी भएको पनि जनाइएको छ । 
खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिई गएको जनाएको छ । साथै वृत ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल बृत्त ठिमीबाट ४ किलोमिटर.दक्षिण पश्चिममा पर्दछ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । 

...

All Comments.......


Please Login/Register To Comments