भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जना कामदारहरुमध्ये एकजना कामदारको मृत्यु भएको छ । पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । पुरिएका सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट बस्ने बर्ष ३० को सियाराम सदा भने वोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ । उनलाई साढे पाँंच बजे उद्दार गरी उपचारको लागी नजिकैको भक्तपुर ईन्टरनेशनल अस्पताल लगेको थियो । 
ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरु पुरिएका थिए । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नं –२ बालकोटको रागीनी हाईटमा काम गरिरहेका उनीहरु पुरिएका हुन् । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहेको हो । 
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँंझ चार बजे भएको जनाए । 
घटनास्थलमा निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने बर्ष ४६ को रामदेव यादब एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर ईन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर प्रेशरको रोगी भएको पनि जनाइएको छ । 
खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिई गएको जनाएको छ । साथै वृत ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल बृत्त ठिमीबाट ४ किलोमिटर.दक्षिण पश्चिममा पर्दछ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । 




...

All Comments.......


Please Login/Register To Comments