भक्तपुर । वातावरण बिज्ञ डा. कमलराज गोसाईले नेपालमा बढ्दो जलवायु परिर्वतन प्रमुख कारण सरकार र नीति रहेको बताएका छन् । 
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गोसाईले बिज्ञहरु र सरोकारवालाहरुले दिएको सुझावलाई  नीतिमा समावेश गरेर सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव जलावायु परिवर्तनमा देखिएको छ । 
काठमाडौं उपत्यका लगायत नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदुषणको समस्या उस्तै रहेको गोसाईले बताउँदै यसको समाधानको लागि सरकारले बैकल्पिक र नवीकरणीय उर्जाको प्रयोग गर्नु पर्नेमा जोड दिए । 
अनवीकरणीय उर्जा प्रयोग गरिने सवारी साधनको प्रयोगमा कमी ल्याउँदै बिद्युतिय सवारी साधनको प्रर्वदन गर्न सकिए मात्र पनि वायु प्रदुषण निकै कम हुने गोसाईले बताए । 
सरकारले बिद्युतिय सवारी साधनको कर कम गर्नुपर्नेमा जोड दिँदै नेपालीहरुलाई यस्ता सवारी साधन प्रयोग गर्न उत्साह प्रदान गर्न सके पनि वायु प्रदुषण कम गर्दै जलावायु परिवर्तनमा सकारात्मक प्रभाव देख्न सकिने गोसाईले बताए ।
वातावरणीय प्रभाव मूल्याङकन नगरी बिकासको नाममा जथाभावी भौतिक संरचनाहरु निमार्ण र बिस्तारले बाढी, पहिरो जस्ता बिपद् निम्तीएको गोसाईले बताए ।
वातावरणीय समस्याहरु समाधान गर्न हरेक ब्यक्ति जिम्मेवार रहे यस्ता समस्याहरु समाधान गर्न तीनै तहको सरकारलाई सहज हुने बताउँदै आजैबाट वातावरण सुधारमा सबैलाई लाग्न गोसाईले आग्रह गरे ।

...

All Comments.......


Please Login/Register To Comments