काठमाडौ । राजधानीको आर्ट क्यालरीमा एक महिने पेन्टिङ्ग प्रदशर्नी सुरु भएको छ । परम्परागत तथा आधुनिक पेन्टिङ्गको प्रदशनी भएको हो । बुधबार बबरमहलपस्थित सिद्धार्थ आर्ट ग्यालरीमा साँझ साढे ५ बजेदेखि सुरु भएको हो । यो प्रर्दशनी बैशाख ६ (अप्रिल १९ देखि मे १९) जेठ ५ सम्म हुने छ ।
भक्तपुरलाई केन्द्रित गरेर भक्तपुरका दुई समूह यसले यसमा पेन्टिङ्ग प्रदशनी डिभोटी आर्टिस सर्कल र ख्वप पौभा च्वमी पुचः ले गरेका हुन् ।
भक्तपुरको डिभोटी आर्टिस सर्कलले परम्परागत शैलीको पेन्टिङ्ग र आधुनिक शैलीका पेन्टिङ्ग प्रर्दशनी गर्ने छन् भने भक्तपुरको ख्वप पौभा च्वमी पुचः ले थान्का पेन्टिङ्गको प्रदर्शनी गर्ने छन् ।
भक्तपुरको डिभोटी आर्टिस सर्कलबाट ११ जना चित्रकारहरुको पेन्टिङ्ग समाबेश हुने छ । डिभोटी आर्टिस सर्कलका चित्रकार बालकृष्ण बनमालाले हरेक सदस्यको कम्तीमा १ वटा पेन्टिङ्गमा समाबेश हुने बताए । बनमालाले यस प्रर्दशनीमा परम्परागत शैलीको पेन्टिङ्ग आफ्नो मात्र रहने दाबी गरे । साथै उनले परम्पराग शैलीको पेन्टिङ्गमा भन्दा पनि आधुनिक पेन्टिङ्गमा मानिसहरु आर्कषित भएको बताउँछन । उनले परम्परागत शैलीको पेन्टिङ्ग  हाम्रो देश र हाम्रो परिचान चिनाउँने एउटा मुख्य आधार भएको प्रस्त पारे । यो भक्तपुरको पहिलो एकल चित्रकला प्रर्दशनी भएको बनमालाले जानकारी दिए । त्यस्तै भक्तपुरको ख्वप पौभा च्वमी पुचः का २८ जना थान्का आर्टिसहरुको थान्का प्रदर्शन गरिएको हुने छन् । विभिन्न किसिममा मूर्तिका तस्बिरहरु हुने छन् । 
परम्परागत तथा आधुनिक पेन्टिङ्ग प्रर्दशनीको उद्घाटन व्यापारिक समूहका निर्देशक राजिव राजभण्डारी र प्रख्यात चित्रकार मुक्ति सिंह थापाले उद्घाटन गरेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments