खानेपानी समस्यामा मेलम्चीको पानी आएसंगै केही राहत भएको छ  तर समानुपातिक वितरण नहुँदा कहीँ पानी फालाफाल छ भने कहीँ अभाव र दुई हप्ताको एक चोटिमात्र वितरण हुने गरेको छ । यस तर्फ काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड भक्तपुरबाट खानेपानी वितरणमा ध्यान दिनु पर्ने देखिन्छ । भक्तपुरको क्वने अर्थात टौमढी तल मेलम्चीको खानेपानी वितरण हुँदा धेरै ठाउँमा खानेपानीको पाइप फुटी बाटोमा बगेर पानी खेर गई रहेको छ । त्यस्तै गपलीबाट दोकाफल्चा जाने बाटोको भैरब खाजा घर अगाडि खानेपानी चुहेको महिनौ भई सक्यो । सो मर्मतको लागि भक्तपुर नगरपालिकाले पटक पटक पत्र समेत पठाई सकेको वडानिरिक्षकले जानकारी दिएको छ भने स्थानीयले पनि पटक पटक सालिकलाई फोन गरेर मर्मतको लागि अनुरोध गरिसकेको छ । तर खानेपानीका कर्मचारीहरुले वेवास्ता गर्दा दैनिक एक इन्च पानी खेर गई रहन्दा म भक्तपुर नगरको पूर्व च्याम्हासिंह बस्ने जहाँ दुई हप्ताको एक पटक पानी आउन्छ हामीलाई हेपेको वा मनमा चसक्क घोचेको अनुभव भयो । खानेपानीका कर्मचारीहरु पानी चुहेको मर्मत नगरी सरकारी काम कहिले जाला घाम गरी बस्ने हो कि के हो ? कि खानेपानी कार्यालयमा भजन गाएर बस्छ । अझ भन्नपर्दा गर्मी मौसमसंग खानेपानीको आवश्यकता बढी हुने गर्छ तर काठमाण्डौं उपत्यका खानेपानी लि.ले अहिले झन झन खानेपानी चुहेकोमा वेवास्ता गरेर जनताको जनजीवीकामा समस्या बढाउँदै छ । खानेपानीको समस्या झनझन विकराल बनाउने अभ्यास त भइ रहेको छैन भनि जनता प्रतिप्रश्न गरिरहेका छन् । खानेपानीका कर्मचारीहरु धारा वितरणमा भष्ट्राचार गर्ने र घुस खाने सोचमा दुब्दा खानेपानी व्यवस्थापन हुने देखिदैँन् । दैनिक रुपमा खानेपानी चुहेर खानेपानी मात्र खेर गएको होइन उल्टो महिनौं पानी चुहेर बाटो समेत बिग्रिसकेको छ । यसको दोषि को ? खानेपानी संस्थान र स्थानीय सरकार भक्तपुर नगरपालिका । काठमाण्डौं उपत्यका खानेपानी लि. भक्तपुरले बेवास्ता गरिरहेकोस्थानीयमा चर्चा भई रहेको छ । सयौं परिवारलाई पुग्ने खानेपानी खेर पठाउने दोषि माथि किन कार्वाही हुँदैन ? खानेपानी जस्तो मानव जीवनमा नभई नहुने अमूल्य चिजलाई वेवास्ता गर्ने कर्मचारी माथि कार्यवाही हुन्छ की हुँदैन ? नभए जनता उठे त्यसलाई साम्य पार्न गा¥हो हुने हुन्छ सम्बन्धित कार्यालयको ध्यान जाओस् । यो त प्रतिनिधि मुलक ठाउँहरुमा मात्र हो यसरी नै खानेपानी खेर गई रहेको धेरै स्थानमा छन् सबैले ध्यान दिउँ ।
राजा सिगेँराति, च्याम्हासिंह

...

All Comments.......


Please Login/Register To Comments