भक्तपुर । भक्तपुरको मर्निग ग्लोरी किण्डरगार्डेन लिवाली भक्तपुरका ससाना बालबालिकाहरु पुरस्कृत भएका छन् । किण्डरगार्डेनले गरेको ग्राजुयसन एण्ड पुरस्कार वितरण समारोहमा ससाना बालबालिकाहरु पुरस्कृत भएका हुन् । ती बालबालिकाहरुलाई भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले पुरस्कृत गरेका हुन् । किण्डरगार्डेन वडा नं ८ लिवालीमा पर्दछ । 
कार्यक्रममा पारागन एकेडेमीका प्रिन्सिपल पुन्यराम कवां, भक्तपुर नगरपालिका एपेनका सभापति किरण गोसाई, शिक्षक अभिभावक संघका अध्यक्ष नारायणप्रसाद मचामसी, किण्डरगार्डेन व्यवस्थापन समितिका अधयक्ष कमिनिका न्याइच्वाई, प्रिन्सिपल स्वर्णिमा मुललगायतले बालबालिकाहरुमा पुरस्कारले पार्ने सकारात्मक प्रभावकारे चर्चा गरे । कार्यक्रममा ससाना बालबालिकाहरुले आआफनो प्रस्तुत देखाई मनोरञ्जन दिलाएको थिए । 

...

All Comments.......


Please Login/Register To Comments