साहित्यकार पदम दाहालको वेथिति कविता पढ्दा
- Post Date 2023-04-24 06:34:34
चुडाप्रसाद चौलागाई
विभिन्न प्राज्ञिकहरुले आ–आफ्नो मन परेको साहित्यको विधा समातेर देश, राष्ट्र, समाज, व्यक्ति आदिको उत्तरउत्तर प्रगतिको कामना गर्दै अन्तर्मनबाट फुटेको पानीको धारा जत्तिकै भावनाको धारामार्र्पmत समाजअगाडि सम्प्रेषण गर्न खोजिएको हुन्छ । कसैले गद्यात्मक विधाबाट त कसैले पद्यात्मक कलको दौडमा विचार मन्थन गरेका कुराहरु कापीको पानामा छरेर बिस्तारै पुस्तको रुपमा प्रस्तुत गरेका हुन्छन् । यस्ता प्रतिभाशाली साहित्यिक विधाको पारखीहरु थुप्रै छन् । जसमध्ये विशेषतः विभिन्न छन्दमा कलम चलाउन सक्ने कविको रुपमा श्री पदम दाहाल पनि एक हुनुहुन्छ । त्यस्तै उत्तरआधुनिक कालको वृहत् लेखन कलाको पैरवीको रुपमा फुल्दै अगाडि बढेको देखिन्छ । उहाँले साहित्य रुचाएको हो वा साहित्यले उहाँलाई रुचाएको हो त्यो पाठकहरुले बुझ्ने कुरा हो । मलाई लाग्छ, पदम दाहाल मौरीको रानु जस्तै हो, कर्मी मौरीले चाका भरेको रसलाई सुरक्षा गर्दै मानव जीवनको भलाईको लागि जीब्रोमा पु¥याएभैंm, साहित्यका रसलाई प्रत्येक पाठकको जीब्रोमा रसस्वादन गराउने व्यक्तित्व हो ।
साहित्यकार पदम दाहालका काव्यकृतिहरु थुप्रै प्रकाशित भएका छन् जस्तैः बादका तरेलीहरु, आँशुको दह, एक अर्काको दृष्टि, दुई व्यक्तिको कृति । जीवनयात्रा सस्मरण, ‘श्वेताम्बरी’ कविता संग्रह आदि । कस्तो समुद्रमा राम्रा माछो पाइन्छ भन्ने कुरा माझीले जान्दछ । कस्तो कपडालाई कति राम्रोसँग तयार पार्न सकिन्छ भन्ने कुरा सुचिकारले जान्दछ । एउटा काठको टुक्रालाई कस्तो र कत्रो आकारको मूर्ति बनाउन कालीगढले जान्नसक्दछ । साहित्यभित्र के के हुन्छ ? सामाजलाई कसरी रुपान्तरण गर्नसक्दछ ? भन्ने कुरा सच्चा साहित्यकारले जान्दछ । धेरै साहित्यकारहरु मध्ये पदम दाहाल पनि एक सफल साहित्यकार भएको पाठकहरुले ठान्दछन् यदि गहिरिएर अध्ययन गर्ने पाठक छ भने ।
यहाँ मैले ‘बादलका तरेलीहरु’ नामक कविता संग्रहभित्रको ‘नैतिक वेथिति’ नामक कविता पढ्न पाएँ । यसले मेरो मन छोयो । जुन आजको यथार्थसँग मिल्दोजुल्दो छ । हुनपनि पदम दाहाल साहित्यिक क्षेत्रको रथिको रुपमा चिनिनुहुँदैछ । शैक्षिक क्षेत्रमा लागेर माध्यमिक विद्यालय तथा क्याम्पस स्तरका थुप्रै विद्यार्थी तथा शिक्षकहरु, थुप्रै सामाजिक परिवेशका विद्धानहरु, प्राज्ञिकहरुसँगको समेत सत्कर्मबाट राम्रो अनुभव बटुल्दै थुप्रै विद्यार्थीहरुलाई माझीको रुपमा रहेर ज्ञान र सीपको जंघार तार्दै सहित्यिक क्षेत्रमा लागिरहनुभएको छ । उहाँले समाजमा रहेका अनेक परिवेशको शुक्ष्म रुपले अध्ययन गर्दै मनोवैज्ञानिक पक्षको अध्ययन अनुसन्धान गर्नुभएकोछ । त्यसैको आधारमा रहेर उहाँले उक्त प्रकाशनमार्पmत राजनीतिमा देखिएको वेथिति र नैतिकतामा देखिएको वेथितिलाई समावेश गर्नुभएको छ । जसमध्ये मैले नैतिक वेथितिको विरुद्धमा लेखिएको केही पक्षलाई कोट्याउने प्रयत्न गरेको हुँ ।
नीति+इक=नैतिकः यो काव्यको गाम्भिर्य निकै माथिल्लो स्तरको रहेकोछ । यो मानव जीवनको उच्च कडी हो । पूर्वीय शास्त्रहरुको अध्ययन गरौं या पाश्चात्य साहित्य । सवै पक्षीय आवश्यकता महसुस हो ‘नैतिकता’ । चाणक्य नीति, विदुर नीति, लेखनाथको नैतिक दृष्टान्तलगायतका थुप्रै नीतिहरु छन् । विभिन्न खालका लोकगीतहरुको सार पनि नैतिकवान बन्नु हो, असल कार्य गर्नु हो । परोपकार गर्नु हो । मानव सेवा गर्नु हो । चाहे रामायण पढ्दा होस् वा महाभारत, उपनिषद पढ्दा वा ठूला ठूला ऋषिमुनिहरूको जीवनी सबैको सार नैतिक बन्नुपर्छ । नैतिवान बन्न त्यति सजिलो छैन, जति हामीले सोच्ने गरेका छौं । वास्तवमा नैतिकता भनेको अलाई देखाउनुमा सीमित रहेको छ । सयमा सय नैतिकवान बन्न नसकिएला तर धारणा राख्नुपर्छ । नैतिकवान बन्नको लागि गरिनुपर्ने आवश्यक कर्महरु र व्यवहारहरु । नैतिकता जीवनका हरेक पक्षमा आवश्यक पर्दछ । कविले यहाँ नेपालको राजनीतिले भित्र्याएको अनैतिक व्यवहारले जन्माएको नैतिक बेथितिमाथि चिन्ता र चासो राखेकोे देखिन्छ ।
नेपालमा विभिन्न खाले राजनीतिक घटनाहरु भए । धेरैको जनधनको क्षति भयो र संघीय लोकतान्त्रिक प्रणालीको शुरुवात भयो । नयाँ संविधान बन्यो । समय समयमा सरकारहरु गठन हुँदै फेरिदै गए । यससँगै थुप्रै विकृतिको चाङहरु पनि बढ्दै गए । यी सबै देख्नुभएका कविले कवितामार्पmत लेख्नुहुन्छः
बलात्कारी दुराचारी अपराधी जताततै
पैmलिए देशमा किन्तु सत्तासीन भए कठै ! ।।१९।।
आज कैयौं नारीहरु बलात्कारमा परेकाछन् । जसलाई साहित्यकार र प्रजापति तिमल्सिनाले ‘यौन र लिङ्ग’ शीर्षकमा यसका कथा व्यथाहरुको सटिक चर्चा गर्नुभएकोछ । जब समाजमा धर्म र नैतिकताको लक्षण हुन्न, त्यहाँ अपराधीको संख्या बढेको हुन्छ । जीवन पढेर होइन परेर बुझ्नसकिन्छ । समय समयका सत्तासीनहरुले देशभित्रको अराजकता र आतङक, बलात्कारीको रोगलाई छुट्याउन जानेर वा नजानेर संकट भोग्न बाध्य हुनु दुर्भाग्य हो । नेपालका कयौं पुरुषहरूले अबला नारीहरु माथि गरिएका बलात्कारका घटना न निर्मला पन्तको खोजी गर्न सक्यो न प्याउली गाउँको । त्यति मात्र होइन कौयौं नारीहरु होलान् बलात्कारमा परेका खाजी गर्न सकेको स्थिति छैन । कार्बाही हुन कैयौं घटनाको छानबिनै छैन । नेपालका कौयौं नारीहरु हराएहोलान् । बलात्कारी मानिस नरपशुको रुपमा रहनगयो । सच्चा मनुष्यको जीवन बन्न सोचे जति सजिलो छैन । मानिस दुई खुट्टे पशु हो । जहाँ ज्ञान, विवेक शिक्षा छैन । त्यहाँ विवेक हुन्न । त्यो अवस्थामा मानिस पशुसरह नै ठहरिन्छ ।
मानिसले चाणक्य नीति हेरेनन् । हेरे पनि व्यवहारिक बनाएनन् । कैयौं ऋषिमुनिहरुले दर्शन हेरेनन् । हेरे पनि सही ठाउँमा प्रयोग गरेनन् । राजा शिवीको दर्शनलाई व्यवहारमा ल्याउन सकेनन् । भगवान बुद्धको जीवनीको मर्म पढेर पनि सहन सकेनन् । नैतिकता भनेकै सहित्यको अन्तिम निष्कर्ष हो । नैतिकता नभएको मानिस पशु हो । बेथिति गर्नेहरु समाजका शोषक हुन् । उनीहरुकै बहानामा कैयौं मानिसहरु झुम्मिन पुगेको देखिन्छ । जाली र जासुसी गर्नेहरुको संख्या बढ्नाले जताततै चीत्कारको आवाज सुुनिएको छ । चीत्कारले आँखाबाट आँशु बगाउँछ । तर त्यसलाई अन्त्य गर्न सकिरहेको अवस्था छैन । सत्तामा रहनेहरु देशभित्रको अन्याय अत्याचारलाई पर्गेल्नुको बिरुद्धमा नभई शासन सत्तामा कसरी टिक्न सकिन्छ भनी । त्यसैतिर ध्यान केन्द्रित भएको देखिन्छ । अन्यायप्रति खरो रुपमा उत्रन सकेको देखिदैन । स्वार्थमा डुबेको हो कि भन्ने देखिन्छ । तब कवि लेख्नुहुन्छः
निष्ठुरी ससि आक्रान्त, दया पात्र कहिन्छ र ?
तेजावी वीष फ्याकेर मोहजाल भइन्छ र ?
मानव जीवनमा दया र मायाको अति गहिरो भाव छ । माया कसले कसलाई कसरी गर्छ ? त्यसको गहिराइ एकातिर छ भने अर्कोतिर दया गर्ने पात्रका स्वभावहरु कस्ता हुन्छन् ? व्यवहारले पुष्टि गर्छ । न निष्ठुरी मानिस दयावान त न तिक्डम गर्ने वा पछाडिबाट तीर हान्ने रिसालु मानिस नै दयालु हुन्छ । ब कवि लेख्नुहुन्छः
कडा विष फालेर मोहरुपि जाल बन्न सक्दछ
मुखमा राम राम बगलीमा छुरा गर्नु राम्रो हो र ?
मानिस कामाग्नि भएर मासिदै छ । अनुशासनलाई बिर्सदै छ । व्याधाले गुँडमा बसिरहेको चरालाई मारेर एक चौटा मासु खान पल्किरहेको हुन्छ । उसको विवेक नभएभैंm बाहिरी आँखाले नराम्रो कुरा देख्दछ । भित्री आँखा बन्द भएको छ र मानिस अन्धो बनेर घातक कार्यमा अग्रसर हुँदैछ । यसैकाप्रति कविको चिन्ता छ । कवि भन्छन् ः
क्षेत्रमा थिति अन्योल सुधारै होस् अरू पनि
भइदिऊन् रईदिऊन् सच्चा माफिया नबनून् पनि !
देशका हेरेक क्षेत्रमा देखिएका विकृतिहरुको अन्त्य होस् । सुधार हुँदै जाओस् । सच्चा मानिसहरुको वृद्धि होस् । हरेक खाले माफिया बनेर देशभित्रको कुसंगतिको मालिक नबनून् । कविको आसय छ । अन्त्यमा कविले देशको हर पक्षमा राम्रो काम भएको । जनताबाट स्याबासी पाउन सकेको । सर्व क्षेत्रमा राम्रो काम देख्न पाए हुन्थ्यो भन्ने कविको धारणा छ । प्रायः यो भनाई सबै विज्ञहरुमा रहेको होला । आखिर सुधारको अपेक्षा सबैमा छ ।
All Comments.......
Please Login/Register To Comments