भक्तपुर । भक्तपुर विकाशका लागि जिल्लाका सबै जनप्रतिनिधिहरुसँग सांसद दुर्लभ थापाले सोमवार छलफल गरेका छन् । थापाको निमन्त्रणामा सांसद राजेन्द्रमान श्रेष्ठ, प्रदेश सांसद सुरेश श्रेष्ठ, चानपा नगरप्रमुख जीवन खत्री, मथिनपाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजयकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका निर्वाचित वडाध्यक्ष्यहरुको मात्र सहभागी रहेका थिए । 
कार्यक्रममा सबैले आफ्नो वडाहरुमा रहेको बिभिन्न आधारभुत आवश्यकतामा रहेको योजनाहरुका लागि प्राथमिकतामा राखेर बजेट निकासा गर्नका लागि योजनाहरु थापा र प्रदेश सभासद श्रेष्ठलाई बुझाएका छन् । उहाँहरुले स्वास्थ्य, शिक्षा, बाटोको स्तसउन्नति र स्थानिय जनताको लागि आधारभुत आवश्यकतालाई बिशेष जोड दिएर योजनाहरु तयार गरि आगामी बजेटमा बजेट पारिदिन योजना पेश गरेको थियो ।
छलफल कार्यक्रम कुनै पार्टीको मात्र नभई समग्र जिल्ला बिकाशका लागि गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधि भए पछि मतदाता र जनताको समस्या लगायत बिकाश निर्माण निश्पक्ष भएर काम गर्न पनि अनुरोध गर्नुभयो । देश अस्थिरतामा रहेको बताउँदै सरकारमा रहेसम्म जनताको हितमा काम गर्ने बताउनुभयो । थापा र प्रदेश सभा सदश्य श्रेष्ठले सबै योजनाहरुमा बिशेष प्राथमिकतामा राखेर सकेसम्म सबै योजनाहरुमा बजेट राख्न बिशेष पहल र अनुरोध गर्ने बचन दिनुभयो । 
उपस्थित जनप्रतिनिधिहरुले भक्तपुर बिकाशका लागि यस्तो छलफल कार्यक्रम राखेर उदाहरणीय काम गरेको सांसद थापाको प्रशंसा गरेका थिए । साथै समग्र जिल्ला विकाशका लागि गरेको छलफल कार्यक्रममा अरु पार्टीबाट बिजयी भएका जनप्रतिनिधिहरु सहभागी नहुनुमा भने नराम्रो लागेका प्रतिक्रिया दिएका थिए ।

...

All Comments.......


Please Login/Register To Comments