भक्तपुर । मानिसको ज्यानै लिन सक्ने औलो रोगमुक्त जिल्ला हुन भक्तपुर सफल भएको छ । जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले भक्तपुर औलोमुक्त जिल्ला हुन सफल भएको जनाएको हो । कार्यालयका निरीक्षक (अधिकृत) दीपक अछामीले भक्तपुरको चारवटै नगरपालिका औलोमुक्त नगरपालिका रहेको जनाए । यो जिल्ला गाउँं विकास रहित जिल्लाको रुपमा रहेको छ । 
अछामीले यहाँं टेष्ट (परीक्षण) भने हुने गरेको जनाए । समयसमयमा कहिलेका टेष्ट चाहिं हुन्छ, विश्व औलो दिवस २०८० को अवसरमा कार्यालयले मंगलबार गरेको कार्यक्रममा अछामीले भने, परीक्षणको क्रममा नभेटिएकाले यो जिल्ला औलो रोगमक्त जिल्ला भएको जनाए । 
कार्यालय प्रमुख कृष्ण मिजारले औलो मुक्त जिल्ला भए पनि शतकर्ता अपनाउन भने नछोडेको बताए । रोग भनेको कुन बेला कुन खतरनाक भएर आउँंछ भन्नै नसकिने हुन्छ, उनले थपे, जस्तो कि पछिल्लो सयम कोरोना यसरी भयावह रुपमा आउँंछ भनेर कसलाई के थाहा ? 
यही कारण औलोमुक्त भए पनि सवाधानीका उपायहरु भने भइरहेको उनी सुनाउँंछन् । यसका लागि समय समयमा झुल वितरण, सचेतनामूलक कार्यक्रमलगायतका कार्यक्रमहरु चलिरहेको प्रमुख मिजार बताउँंछन् । 
औलो लामखुटेका कारण लाग्ने रोग हो । विशेष गरेर पोथी लामखुटेको टोकाइका कारण यो रोग लाग्ने गर्दछ । यसकारण यो रोगबाट वच्न लामखुटेको टोकाइबाट बच्नुपर्ने हुन्छ । विशेष गरेर अहिलेको गर्मीको याममा बढी लामखुटे हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । यसका लागि लामखुटेमुक्त बनाउन पानी जम्न दिन हुँंदैन । किनकि जमेको पानीमा लामखु्टेले जन्म लिएको हुन्छ । 
प्रस्तुत गरिएको तथ्यांक अनुसार मुलुकको ६५ जिल्ला औलो रोगको जोखिममा रहेका छन् । तीमध्ये पनि इलाम, झापा, मोरङ, धनुषा, महोत्तरी, सिन्धुली, बाँके, बर्दिया, चितवन, सर्लाही, नवलपरासी, कैलाली र कञ्चनपुर गरी १३ जिल्ला भने उच्च जोखिममा छन् ।
भक्तपुरसहित सोलुखुम्बु, ललितपुर, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालीकोट, मुगु र सिन्धुपाल्चोक गरी १० जिल्ला भने औलोमुक्त जिल्लामा पर्दछन् । 
नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई औलोमुक्त जिल्ला बनाउने घोषणा गरेको थियो । तर यो सम्भब नभएको कार्यक्रममा बताइयो । भारतसँंगको खुला सिमानाका कारण यो सम्भब हुन नसक्ने भएको कार्यक्रममा बताइयो । भारतमा सन् २०३० मा मात्रै औलोमुक्त राष्ट गर्ने योजना राखिएको बताइयो । यही कारण भारत औलोमुक्त नभएसम्म नेपाल औलोमुक्त नरहने जनाइयो । 

...

All Comments.......


Please Login/Register To Comments