भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ्ख संघको साधारण सभा तथा जिल्ला अधिबेशन नेपाल मजदुर किसान पार्टीका केन्दीय सदस्य तथा  बागमती प्रदेशका सांसद का. सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यतामा राममन्दिर गःपली स्थित  ड्रिम ल्याण्ड किचेन रेष्टुराँमा सम्पन्न भयो  । कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र राज गोसाईले खेलकुद संघ र खेलाडीहरुको समाजमा छुटै महत्व हुन्छ । खेलाडीहरुले समाज परिवर्तनको लागि इच्छा राख्न पर्छ । खेल संस्कृतिको अभिन्न अंग हो । कला सम्पदाको कुरा गर्दा  खेललाई छुत्याए अपूर्ण हुन्छ । खेलाडीहरुले खेल्दै रेकर्ड बनाउदै गएपछि संस्कृति निमार्ण हुने मनमा राख्न खेलाडीहरुलाई अनुरोध गर्नुभयो । 
    उहाँले खेलाडीहरुले समाज कतातिर गएको छ समस्या के हो अध्ययन गर्न सके हाम्रो खेलको सार्थकता रहन्छ । यही आउदो बैशाख १८ गते मई दिवस  मनाउन गइरहेका छौं ।खेलाडीहरुले पनि मई दिवस किन मनाइन्छ । १३४ बर्षदेखि  मई दिवस किन मनाए बुझन सके खेलाडीहरु भौतिक मानसिक र बैचारिक रुपमा अझ सक्षम हुन्छ भन्नुभयो ।
 उहाँले खेलाडीहरुले राष्ट्रिय अन्तराष्ट्रिय घटनाक्रम नियालेर सुसचित हुनुपर्छ । ७० लाख युवा किन विदेश गए अनि कसरी देश बन्छ भन्दै यसको दोष सत्तामा जाने शासकहरुको हो । शासक दलहरुले धेरे नेपालका कलकारखाना कौडीको मूल्यमा विदेशीलाई बेचेर खाए भन्दै नव निर्वाचित टीमको सफल कार्यकालको शुभकामना व्यक्त गदैै खेलाडी संघ समाज संगका एकाकार भई  अगाडि जान सकोस भन्नुभयो ।
     अर्का अतिथि नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपा ७ नं वडाका वडा अध्यक्ष उकेश कवांले खेलकुद विकास तथा खेल  गतिविधीमा बृद्धि गर्न सके  अस्पातालहरुको कम आवश्यकता पर्छ । प्रत्येक खेलाडी अनुशाशिसत हुन जरुरी  छ । अनुशासिन खेलाडीले मात्र देशको  सेवा गर्न सक्छ ।  प्रत्येक खेलाडी खेल्नुको अलावा अध्ययनतिर पनि विशेष जोड निन सके उसको खेल जीवन राम्रो हुन्छ भन्नुभयो । खेलाडीहरु हरेक मोर्चामा अग्र भागमा रहनुपर्ने चर्चा गर्दै २०७२ सालको भूकम्प र कोरोना महामारी हुँदा खेलाडीहरुले आफनो दायित्व निभाई समाजमा योगदान गरेकोमा  आभार प्रकट गर्दै  साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नभयो ।
 उहाले एकजना  खेलाडीको भनाइबारे जानकारी गराउदै हिरा र मोटीले मानिसलाई केहि गर्न सकिदैन तर शिक्षा स्वास्थ्य र खेलकुदले समाज र देशमा परिवर्तन ल्याउन सकिन्छ भन्नुभयो ।
 उकेश कवांले अध्यक्षबाट  प्रस्तुत प्रतिबेदनमा भविष्यको योजनाहरु पनि ल्याउनुपर्ने चर्चा गर्दु  बक्सिङ्ख खेलमा स्थानिय खेलाडीहरुको सहभागिता रहनु सकारात्मक पक्ष हो ।संघले पनि नियमित प्रतयोगिता आयोजना गर्नुपर्छ । भक्तपुर नपाद्धारा  महालक्ष्मीस्थानमा नव निर्मित टेबल  टेनिस प्रशिक्षण हलमा ३००÷ ४०० दर्शकहरु माझ बक्सिङ्खको रिङ्ख ल्याई प्रतिस्पर्धा गर्ने वाताबरण तयार हुदैछ । यसबर्ष पनि बर्षको उत्कृष्ट खेलाडी तथा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा योगदान पु¥याएका निर्णायक प्रशिक्षकहरु र खेलाडीलाई भक्तपुर नगरपालिकाले सम्मान गर्ने कार्यक्रम रहेका जानकारी दिनुभयो ।
 नेपाल बक्सिङ्ख संघका अध्यक्ष राम अवालेले नेपालका बक्सिङ्ख खेलाडीहरु उज्बेकिस्तानमा आयोजना भएको अन्तराष्ट्रिय बक्सिङ्ख प्रतियोगितामा खेल्न गइरहेको जानकारी गराउदै प्रथम साफ र जापानमा सम्पन्न बक्सिङ्ख प्रतियोगिता लगायत अन्य खेल गरि १३ वटा खेलमा प्रतिस्पर्धा गरेको चर्चा गर्दै ५ वटा मेडल जीतेको खेल अनुभव सुनाउन भयो । उनले बक्सिङ्ख खेलाडी मोहमद अलिको खेल जीवनबाट प्रभावित भई यस खेलको विकासमा लागेको जानकारी दिदै साधारण सभाबाट योग्य नेतूत्व चयन हुने आशा प्रकट गर्नुभयो ।
 भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले खेलाडीहरुलाई ग्लोब्स प्रदान गर्ने जानकारी गराउदै बक्सिङ्ख प्रशिक्षण केन्द्रमा  रिङ्खको बन्दोबस्त गरिदिनु भएकोमा  भक्तपुर नगरपालिका प्रति आभार प्रकट गर्नभयो ।  
नेपाल  बक्सिङ्ख संघका कोषाध्यक्ष गौतम सुजखुले  भक्तपुर जिल्लामा बक्सिङ्ख खेलको विकास सक्रिय रुपमा अगाडि बढेको जानकारी गराउर्दै यहाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक समेत जित्न सफल भएको छ भन्नुभयो । 
     भक्तपुर जिल्ला बक्सिङ्खका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा  नेपाल बक्सिङ्ख संघका मान बहादुर भण्डारी  बागमति प्रदेश खेलकुद विकास समितिका  धनकुमार मैनालीले जिल्ला संघको अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा  भक्तपुर जिल्ला बक्सिङ्ख संघको  निर्वतमान अध्यक्ष केशव त्वानाबासु, जिल्ला बक्सिङ्ख संघका सल्लाहकार विश्वराम कवां, रविन्द्र खर्वुजा  तथा राजकुमार लघु लगायतले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै  नव निबार्चित संघका पदाधिकारीहरुलाई बधाई दिनुभयो । कार्यक्रमको दोश्रो सत्रले रामकृष्ण प्रजापतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरियोे । उपाध्यक्षमा राजन कुम्पाख,  र सुरोज ग्वाछा, सचिवमा साजन लघु र कोषाध्यक्षमा लक्ष्मीप्रसाद चवाल, सदस्यहरुमा गौतम सुजखु, केदार तुइतुई, गणेश साँंगामाी, राजाराम शाख, राजु दुवाल, दिनेश बासुकला, निशा लोहला र तुल्सीराम ग्वाछालाई चयन गरिएको थियो ।



...

All Comments.......


Please Login/Register To Comments