कुमार लघु भक्तपुरमा जनताकाे ख्वप अस्पताल स्थापना भएकाे दाेश्राे वार्षिक उत्सवकाे दिन बैशाख १७ गते हाे । अाज भक्तपुरकाे च्याम्हासिँह रहेकाेे ख्वप अस्पतालकाे हर्साेउलासका साथ जनताले ख्वप अस्पतालमा अाफूलाई कुनै बेला राेग पर्दन निजी महँगाे अस्पतालमा उपचार गर्न जान नपराेस् भनेर नै याे अस्पतालकाे स्थापना भएकाे उद्देश्य रहेकाे पाईयाे । त्यसैले मलाई खुसी लाग्याे । अन्य जनतालाई पनि खुसी लागेकाे अुनुपर्छ । अब देकाे मिबा र इट्टा पक्वाे अावास क्षेत्रमा ख्वप अस्पतालकाे शाखा खाेल्नलाई जग्गा छुट्टाई अस्पतालकाे वन्दाेवस्त हाेस् । याे ख्वप अस्पतालकाे अभिभवाक भक्तपुर नगरपालिका हाे । भक्तपुर नगरपालिकामा गएर जनताकाे निम्ति असल काम गर्न सकाेस् भनेर नेमकिपाकाे असल कार्यकर्ता जनताले नै चुनावमा निर्वाचित गरेर पठाएकाे हाे । भक्तपुर नगरपालिकाकाे जनप्रतिनिधीहरूले जनतालाई गुणकाे बदलाकाे गुण गरि देखाई दियाे । जनताले चाहेकै यस्ताे सह्रानिय कार्य हाे । ख्वप अस्पतालले वनताले स्वास्थ सुविधा पाईरहेका छन् । भक्तपुर नगरपालिकालाई धन्यवाद छ । भक्तपुर नगरपालिकाले याे अस्पताललाई जनस्वास्थ्य केन्द्रवाट ख्वप अस्पतालमा १०० सितकाे शैयाकाे वन्दाेवस्त गरि अस्पतालकाे रूपमा अाज घाेषणा गरेकाे राम्रो लागकाे छ । जनताकाे छाेराछाेरीहरूवाट यस्ता जनताकाे सेवा गर्न सधै सधैजनताका प्रतिनिधिहरु लागि राख्न सकाेस् भनेर शुभकामना दिन चाहान्छु । हाे जनताका प्रतिनिधिहरु राम्रो भएर मात्र पुग्दैन् । ख्वप अस्पतालमा कार्य गर्ने स्टाफहरू र व्यवस्थापकहरू राम्रा हुनुपर्छ । अस्पतालमा कार्यरत्त कर्मचारीहरूकाे हृदय विशाल हुनुपर्छ । कहिले काहीँ हामी जादाँ काेही डाक्टरहरू पर्ख पर्ख उसलाई पहिला अाउन देऊ भनेकाे दिन छ । पछिकाे पेसेन्ट भनाै अगाडि बाेलाएर पछाडि पारेकाे छ । त्याे डाक्टर किन नाम लिऊ । भयाे भनी छाडेकाे दिन छ । हामी साेझाे नेपाली भाषी डाक्टर थियाे । त्यसैले अागामि दिनमा त्यस्ताे नहाेस् । समय त सबैकाे महत्व छ । हरेक डाक्टरकाे अगाडि नेम प्लेट हुनुपर्छ । एकै काेठामा तीन जना डाक्टर हुने कता कुन डाक्टरलाई जचाउने सबैलाई थाहा हुन्दैन् । डाक्टरकाे नाम पनि थाहा हुन्दैन् । त्यसैले नेम प्लेट हुनु पर्छ । सानातिनाले उतारचडाव नहाेस् । ख्वप अस्पतालले हालसम्म त राम्रै सेवा भैरहेकाे छ । समय समयमा केही कमजाेरकाे विषयमा अस्पताल व्यवस्थापनकाे निम्ति सल्लाह दिन सूझाव बक्सकाे र अार्थिक सहयाेगकाे बाक्सकाे पनि वन्दाेपस्त गर्नु पर्ने देखिन्छ । वर्षाकाे वेलामा पानी पर्ने समयमा टिकट लिने वेलामा त लामाे लाइन हुन्छ पानीले भिजनवाट बच्न छतकाे वन्दाेवस्त गर्नपर्छ । साथै प्रेसरकाे विरामी- हरूलाई त दुई दुई महिनाकाे निम्ति अाैषधि दियाे भने प्रेसरकाे विरामीहरूकाे चाप कमहुने हाे कि ? ठिकै छ याे अवस्था अनुसार प्रगती हुने अासा गर्दछु। मलाई याे ख्वप अस्पतालले देशै भरीकाे जनताकाे सेवा गरेकाे हेर्ने धाेकाे छ । भादगाउँ टेलिभिजन च्यानललाई प्रत्यक्ष प्रसारण गरेर घरैमा बसेर हेर्न अवसर दिनु भएकाेमा धन्यवाद दिन चाहान्छु। अन्तमा ख्वप अस्पतालका सेवकहरूलाई र भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु धन्यवाद दिदै विदा हुन्छु ।...

All Comments.......


Please Login/Register To Comments