भक्तपुर, १८ वैशाख । विश्वविद्यालय अनुदान आयोगको सहयोग र ख्वप कलेजको आयोजनामा भएको क्यापासिटी डेभलेपमेन्ट अफ फूल टाइम Çयाकल्टी एन्ड एडमिनिस्ट्रेटिभ स्टाफ’ बारे तीनदिने कार्यशाला गोष्ठी सोमबार सुरु भयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वविद्यालय अनुसन्धान र प्राज्ञिक थलो बन्नुपर्नेमा शासक पार्टीको भागबन्डाको थलो बन्दा देशको शैक्षिक स्थिति भद्रगोलको स्थितिमा पुगेको बताउनुभयो ।
शैक्षिक क्षेत्रलाई हडताल र तालाबन्दी मुक्त क्षेत्र घोषणा गर्नुपर्ने धारणा उहा“को थियो ।
त्रिविमा योग्यताको कदर नभएको जनगुनासो रहेको प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
परनिर्भरले काम गर्ने होइन, सहयोग दिएपछि मात्र काम गर्ने बानी त्याग्नुपर्छ, उहा“ले भन्नुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यशाला गोष्ठी म·लबार र बुधबार पनि चालु रहनेछ ।


</svg>" width="18" style="border: 0px; vertical-align: top;">
All reactions:
Chandra Dumaru, Rabindra Phoju and 22 others

...

All Comments.......


Please Login/Register To Comments