एसवाई प्यानल नेपाल र एसवाई बजारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा काठमाडौँको गोङ्गबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ ।
एसवाई प्यानल र एसवाई बजारले गोङ्गबुमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गर्दै खाद्य सामग्री र नगद हस्तान्तरण गरेका हुन् । एसवाई प्यानल र एसवाई बजारले १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद रु. ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिनुभयो ।
वितरण भएको खाद्य सामग्री र नगदबाट कम्तीमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्ने समन्वयकर्ता सरला पन्तले बताउनुभयो । वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरू छन् । एसवाई प्यानल र एसवाई बजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्था हो । साथै प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरूमा निरन्तरता दिइरहने समेत निर्देशक साहले जानकारी दिनुभयो ।
...

All Comments.......


Please Login/Register To Comments