नेपाल जग्गा तथा आवास विकास संघको १६ औं साधारणसभामा आगामी दुई वर्षका लागि विदुर धमला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। संघको बुधबार भएको १६ औं साधारणसभामा अध्यक्षसहित ७ जना पदाधिकारी र ७ जना सदस्य सबै निर्विरोध निर्वाचित भएका छन्।

प्रथम उपाध्यक्षमा सी डी डेभलपर्स प्रालिका दिपक कुँवर, द्वितीय उपाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रालिका पुरुषोत्तम पौड्याल, तृतीय उपाध्यक्षमा सनराइज डेभलपर्स प्रालिका सुमितकुमार अग्रवाल, महासचिवमा इस्टेट गुरु प्रालिका रोशन भोयद्यो, सचिवमा निलगिरी हाउजिङ प्रालिका गोविन्दप्रसाद लोहनी र कोषाध्यक्षमा अधिकारी बिल्डर्स प्रालिका तुलसीप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी कार्य समितिको ७ जना सदस्यमा बहादुरकृष्ण ताम्राकार, दिपक मलहोत्रा, पूर्णिमा राजभण्डारी, निश्चलबहादुर श्रेष्ठ, बरुणकुमार आचार्य, डेगेन्द्रकुमार श्रेष्ठ, मुनसन वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।

उद्घाटन सत्रमा संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले आफ्नो कार्यकालमा भएको कार्य विवरण प्रस्तुत गर्दै नीति निर्माण तहमा सच्चा व्यावसायिक व्यक्तिहरूको उपस्थिति हुन आवश्यक भएको बताए।  

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख अतिथिको रूपमा संघको १६ औं साधारणसभाको उद्घाटन गर्दै रियल इस्टेट व्यवसायीहरूको माग सम्बोधन गर्न प्रयासरत रहने र हालको बजार संकुचन हटाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल राष्ट्र बैंकले अर्थतन्त्र संकुचन नहुने नीति अवलम्वन गर्नुपर्ने, सरकारले नीति जारी गर्दा व्यवसायीहरूलाई हैरानी दिन नहुने बताए। 

...

All Comments.......


Please Login/Register To Comments