दुनियाँको मेहनतकश मनुष्यको मुक्तिको सिद्धान्त एवं बैज्ञानिक समाजवादका ब्याख्याकार काल मार्क्स सन् १८१८ को मइ ५ का दिन जन्मेका थिए । उनको जन्म दिन आज हो। उनको एउटा पुस्तक " दि कम्युनिस्ट मेनिफिस्टो " जो सन् १८४८ मा प्रकाशित भएको थियो। त्यसले तत्कालीन पूँजी र सामन्तवादी दुनियाँ लाई खुव प्रभावित पारेको पाइन्छ । त्यो पुस्तक को अन्त्यमा " The workers of the world unite, you have nothing to loss but your chains ." भनी लेखिएको थियो। उनको भनाइमा क्रान्तिहरु इतिहासको इन्जिन हो। पछिल्लो सबै समाजको इतिहास वर्गसंघर्षको इतिहास हो। वरिपरि पूँजि मात्र मृत श्रम हो , जो पिचास जस्तो हो , जो केवल श्रम चुसेर मात्र बाँचेको हुन्छ । बिना उपयोगिता कुनै पनि बस्तुको मूल्य हुँदैन । त्यस्तै उनको बिचारमा समाज ब्यक्तिहरु मिलेर बन्दैन बल्की समाज त्यस्को अन्तर सम्बन्धको योग हो र त्यही सम्बन्धको भित्र ब्यक्तिहरु खडा भएका हुन्छन् । मार्क्सले दुनियाँ लाई बदलिने कुरा मात्र गरेनन् वल्की त्यस्को खाका पनि दिए। उनको बिचारधाराले दर्शनशास्त्र , राजनिती शास्त्र , इतिहास ,कला , समाज बिज्ञान सहित अनेकौं बिधा वा विषयहरु लाई प्रभावित पार्यो । यूरोपको औद्योगिक क्रान्ति पछी तत्कालीन शोषित ,पीडित श्रमिकवर्गको अवस्था मा कसरी सुधार ल्याउन सकिन्छ भनेर उनले " पूँजी " भन्ने चर्चित पुस्तक सहित अरु विभिन्न लेखहरु लेखेर समाजमा एउटा जागरण ल्याएको देखिन्छ । उनले एउटा येस्तो दुनियाँको सपना देखे जसमा " पूँजी " को कारणले तत्कालीन समाजमा कोहि पनि मानिसहरु पूँजीपति र सामन्तवर्ग बाट शोषित पीडित न होस् र शोषक र शोषितको सबै भेदहरु मेटि योस। उनले पूँजी र श्रमको बैज्ञानिक व्याख्या गरि कसरी पूँजी पतिबर्गले श्रमिकहरु लाई ठग्दै आइ रहेको छ भन्ने कुरा बताए। उनले तत्कालीन पूँजीपतिबर्ग बाट भएको शोषणको अन्त्यको साथै सामाजिक भेदभाव , जातपात , उँच निचको आधारमा चलि रहेको पारम्परिक दुनियाँको जीवन स्तर र संस्कृति लाई नै बदलिने सोच र दर्शन दिएको पाइन्छ । जसबाट दुनियाँमा मानिस मानिस बिचको बराबरी सृजना होस । तर अफसोच! उनले सोचे अनुसार को कम्युनिज्म न रुसमा न पुर्वी यूरोपका देशहरुमा न चीनमा नै आयो। उनको बारेमा लेख्ने कुराहरु धेरै छन । लेख्दै जाँदा लामो हुने हुँदा अन्त्यमा , उनको जन्म दिन लाई मात्र स्मरण गरेको हुँ । धन्यवाद ...

All Comments.......


Please Login/Register To Comments