प्रो. कृष्ण किसी
स्वतन्त्र पत्रकार
पछिल्लो समय मैले अध्ययन गरेको पुस्तकको नाम हो, शव्दसागरका मोती समिक्षा संग्रह । भक्तपुर निवासी डा इन्दुल केसीद्धारा लिखित यस समिक्षा संग्रहमा २२ वटा पुस्तकहरुमाथिका लेखकका समिक्षा समावेश छन् । 
ध्यान, योग, स्वास्थ्य, साहित्यलगायतका विभिन्न पुस्तकहरुमाथि लेखक डा इन्दुलको समिक्षा छ, पुस्तकमा । विभिन्न क्षेत्रका विषयमा लेखिएका पुस्तकहरुको समिक्षाले लेखक डा इन्दुललाई बहुआयामिक जानकारी भएका व्यक्तित्वको रुपमा वुझ्न गाह्रो पर्दैन ।
पुस्तकमा त्रिवि पाटन संयुक्त क्याम्पसका प्राडा कृष्णप्रसाद दाहालको शव्द सापटी लिएर भन्नुपर्दा लेखक डा इन्दुललाई एउटा मात्रै आयामले आक्नै सकिंदैन । उनकै शव्दमा डा इन्दुललाई भिन्नभिन्न चश्माद्धारा हेर्नुपर्ने हुन्छ । धेरै वटा प्राप्ति जोडेर डा इन्दुल बनेका हुन् । यस हिसावले डा इन्दुल कथाकार, पत्रकार, पूर्वप्रशाशक, पुस्तकको पहिलो टिप्पणीको शीर्षक रहेको छ, वेद के भन्छ मेरो दृष्टिमा । मेरो लागि नौलो विषय भएकोले होला सायद मलाई यो अध्ययन गर्दा रोमाञ्चक महशुश भयो । १३ पृष्ठ लामो यो समिक्षा उपशीर्षकमा विभिजित हुँदा अध्ययन गर्न दिक्क महशुश हुँंदैन । 
अन्तिम टिप्पणीको शीर्षक संगीत मन्थनाञ्जलीको आचमन शीर्षकमा ५ पृष्ठमा समिक्षा गरिएको छ । यसमा पनि उपशीर्षकका विभिजित गरिएको हुँंदा पढ्दा दिक्क नलाग्ने खालको छ । सायद सवैमा यसरी नै उपशीर्षक बनाएर लेखिएकै कारण सम्पूर्ण पुस्तक अध्ययन गरेको भेउ नै नपाइकन सकिंदो रहेछ । 
पुस्तकभित्र लेखक डा इन्दुलकोबारेमा स्वर्गीय शताव्दी पुरुष डा. सत्यमोहन जोशीले लेखेको कवितात्मक परिचय पनि समावेश छ । यसले लेखकलाई चिन्न थप सहज बनाएको महशुश हुन्छ । जोशीले दुई थुंगा फूल शीर्षक दिएर कवितात्मक शैलिमा लेखेका छन् ः
विविध भाषाका ज्ञाता
मातृभाषाका पुजारी
विविध उपचारका ज्ञाता
बिकल्पका प्रयोगबादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डा इन्दुल केसी ।१।
पुस्तकको अन्तिम पृष्ठमा लेखक डा इन्दुलको शव्दचित्रमा म कवितालाई पनि स्थान दिएको छ । यसले लेखकलाई चिन्न सहज बनाएको छ । साथै लेखकको जीवन विवरण पनि छापिएको छ । यसले लेखकलाई धेरै हदसम्म चिन्न सकिन्छ । 
यसैमा उल्लेख भए अनुसार लेखकको यो पहिलो पुस्तक भने होइन रहेछ । यसअघि पनि लेखकले एक दर्जन भन्दा वढी पुस्तकहरु लेख्न भ्याइसकेका रहेछन् । साथसाथै समाजका विभिन्न क्षेत्रहरुमा पनि उनले मनग्य योगदान गरिसकेका रहेछन् । 
पुस्तकको अन्तिम पृष्ठको भित्री गातामा लेखक डा इन्दुलले कविता संगीतकार सत्यनारायण मानन्धरको सहयोगमा रचेको सगुन भजन नामक भजनलाई पनि स्थान दिइएको छ । यसमा डा इन्दुलले भजनलाई फरक ढंगले पनि हेर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनको भनाईमा भजन भनेपछि शुद्ध भजन मात्रै नभई समाजसेवा नै ठूलो धर्म भनेका छन् । 
कुल ९० पृष्ठ लामो यो पुस्तकको प्रकाशक अनुशिलन नेपाल सूर्यविनायक नगपालिका २ भक्तपुर रहेछ । अहिलेको महँंगीको जमानामा पुस्तकको मूल्य व्यक्तिगत २०५ र संस्थागत ३०५ रुपैयाँंलाई महँंगो मान्न सकिन्न । पुस्तकको गातापृष्ठलाई राम्रै मान्नुपर्छ । ठाउँंठाउँंमा रहेका तस्वीरहरुले पुस्तकको डिजाइनलाई थप आकर्षक बनाएको छ । यद्यपि पुस्तकमा केही कमीकमजोरी भने नदेखिएको होइन । 
छोटकरीमा पुस्तकका लेखकले जीवनको ८२ औ वसन्त पार गरिसकेका छन् । यद्यपि उनलाई बुढो मान्ने पक्षमा म छैन । किनकि उमेरले होइन, उसको कामले कोही मानिस वुढो र युवा हुने मलाई लाग्छ । यस अर्थमा डा इन्दुल एउटा लक्का जवान भन्दा पनि वढी जवान म देख्छु । युवाको भन्दा वढी सक्रियतामा म उनमा देख्छु, उनमा पाउँंछु । आठ दसक पार गरिसके पनि उनको सक्रियता अझै पनि कति पनि कम लाग्दैन । विहानैदेखि उनी समाजका हरेक क्षेत्रमा सक्रियतापूर्वक लागिरहन्छन् । विहानै निस्केर कहिले भक्तपुर, कहिले काठमाडौं त कहिले काभ्रे कताकता हो कताकता पुगिरहन्छन् । उनको यो सक्रियता कायमै रहोस् । उनी जस्तो अनुभबले खारिएका पाका व्यक्ति हाम्रो लागि विश्वविद्यालय हो । हामीले उनीसँंग धेरै कुरा सिक्नु छ । अन्तमा दीर्घ जीवनको कामना गर्दछु । धन्यवाद !

...

All Comments.......


Please Login/Register To Comments