भक्तपुर, २६ बैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य राज कृष्ण गोराको नेतृत्वमा कमलबिनायक, लान्चाफल्चा, लिवाली र सूर्यबिनायकमा भोज खुवानउने पार्टी प्यालेस र बैंक्वेट सोमबार र मंगलबार दुई दिन ७ वटा मासु पसलहरु अनुगमन गरियो । अनुगमनमा भान्छामा काम गर्ने कुकहरुले एप्रोन, माक्स, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासुहरु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेज लगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न अनुरोध गरेको बताउनु भयो । 
अनुगमनमा पकाउने तेल धेरै पकाएर पोलार मिटरमा २० भन्दा माथिको देखाएको अखाद्य तेल नष्ट गरेको संयोजक राजकृष्ण गोराले बताउनुभयो भने जेरी लगायत मिठाईमा दश केजि मैदामा एक ग्राम मात्र खाद्य रंग हाल्न पाउने र मिठाई पकाउने तेल पोलार मिटरले नाप्दा बीस रेन्जभन्दा माथिको तेल अखाद्य हुने बताउनुभयो । 

स्टार बैंक्वेटमा फ्रिजमा राखेको अनुगमनमा भान्छामा काम गर्ने कुकहरुले एप्रोन, माक्स, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासुहरु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेज लगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न, विग्रेको तेल २ लिटर र विग्रेको र पुरानो मासु २१ किलो जफत गरी नष्ट गरियो ।
कमलबिनायक बैंक्वेटमा भान्छामा काम गर्ने कुकहरुले एप्रोन, माक्स, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासुहरु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेज लगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न,  बोकाको मासु साढे १ किलो र दुध १ लिटर जफलत गरी नष्ट गरियो । 
ख्वप बैंक्वेट नविकरण गर्न, विग्रेको मासु भान्छामा काम गर्ने कुकहरुले एप्रोन, माक्स, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासुहरु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेज लगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न, पाकेको तेल अरुलाई नदिई नष्ट गर्न, विग्रेको मासु १० किलो, बेशन चना पाकेट लेबल स्पष्ट नभएको वा उत्पादन मिति र म्याद नाघेको मिति नभएकोले २५ पाकेट जफत गरी नष्ट गरि तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो । 
वल्र्ड दरवार पार्टी प्यालेसमा भान्छामा काम गर्ने कुकहरुले एप्रोन, माक्स, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासुहरु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेज लगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न र बासी पुरानो ३ किलो कुखुराको पकाएको मासु जफत गरी नष्ट गरियो । 
महेश्वरी बैंक्वेटमा भान्छामा काम गर्ने कुकहरुले एप्रोन, माक्स, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासुहरु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेज लगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न, तराजु नविकरण गर्न, किचेनको फोहर पानीको निकास व्यवस्थापन गर्न, खाद्य बस्तु कालो प्लाष्टिकमा नराख्न र म्याद नाघेको बेसन ५ पाकेट र बासी मासु ३ किलो जफत गरी नष्ट गरियो । 
शुभकामना पार्टी प्यालेसमा भान्छामा काम गर्ने कुकहरुले एप्रोन, माक्स, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासुहरु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेज लगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न, खाद्य बस्तु पकाई सकेको खेर गएको तेल ढावा व्यापारीलाई दिन नपाइने र दिएमा नियमानुसार कार्यवाही हुने र तराजु नविकरण गर्न निर्देशन दियो ।
रिद्धसिद्धी ट्रेड डल्लो साबुन कारखाना दर्ता गरी संचालन गर्न निर्देशन दियो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर सदस्य सचिव एवम् भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालयका हरिहर काफ्ले, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक अनिल खुलिमुली, बाबुराम लामा, प्रहरी जवान महेन्द्र थापा, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, घरेलुृ कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।

...

All Comments.......


Please Login/Register To Comments