एक्काइसौँ शताब्दीको मागअनुसारको शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई विश्व नागरिक बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन स्कुल मध्यपुर ठिमी भक्तपुरले यही 2080 वैशाख 31 गतेका दिन सो विद्यालयमा कक्षा 1 देखि 10 सम्म अध्यापनरत शिक्षक शिक्षिका हरूका लागि तालिमको आयोजना गर्यो ।पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विज्ञ युवराज अधिकारी तथा Project Based Learning का विज्ञ ढुण्डीराज गिरीद्वारा वर्तमान पाठ्यक्रम र मूल्यांकन विधि ,प्रश्नपत्र निर्माण तथा project base learning कसरी गराउने भन्ने विषयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा सोही विद्यालयका शिक्षक तुलसीहरि प्रजापति र गीता प्रजापतिले आधुनिक शिक्षण कसरी गराउने भन्ने नयाँ सिद्धान्त 5E बारे चर्चा गर्नु भएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो। अन्तरक्रियात्मक शैलीमा आयोजना गरिएको उक्त कार्यक्रमबाट शिक्षक-शिक्षिकाले पाठ्यक्रम , विशिष्टिकरण तालिका, त्रैमासिक कोर्स डिभिजन, मूल्यांकन प्रणाली र एक्काइसौं शताब्दीको प्रभावकारी शिक्षण विधि र प्रक्रिया PBL विषयमा जानकारी प्राप्त गर्न सफल भएका थिए ।कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजको युग सुहाउँदो वैज्ञानिक र गुणस्तरीय शिक्षा विद्यार्थीहरुलाई प्रदान गर्न हरेक शिक्षक-शिक्षिकाले परम्परागत शिक्षण पद्धति लाई हटाएर प्रगतिवादी (progressive) तथा आधुनिक शिक्षण विधि अनुशरण गर्दै प्रविधिमैत्री शिक्षा दिन आफू परिष्कृत हुनुपर्ने र विद्यार्थी अभिभावक सिङ्गाे समाज देश र विश्व परिवेशको चाहना र आवश्यकता बमोजिमको शिक्षण सिकाइ मात्र सफल र प्रभावकारी शिक्षण सिकाइ बन्न सक्ने कुरा बताउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments