भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दैलेखको चामुन्दा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीले मंगलबार भनपा सभाकक्षमा भेट ग¥यो । भेटमा उहाँहरुबीच भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भइरहेको उपलब्धी र दुई नपाबीच आवश्यक सहकार्य गर्नेबारे अनुभव आदानप्रदान भयो ।
टोलीलाई भादगाउँले टोपी र खादाले स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाको भौगोलिक अवस्था, शैक्षिक विशेषता, स्वास्थ्य क्षेत्रको उपलब्धी र विकास निर्माणमा उपभोक्ता मोडलबारे आफ्नो धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउँदै उहाँले भक्तपुर नपाले आत्मनिर्भरतालाई स्वाभिमानीपूर्वक अगाडि बढ्ने शुत्रको रुपमा लिई काम गर्दै आएको बताउनुभयो ।
उहाँले देशका विभिन्न स्थानीय तहहरुबीच अनुभव आदानप्रदानको क्रम चालु रहेको बताउँदै  स्वास्थ्यमा घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्र, १०० शøयाको ख्वप अस्पतालको सञ्चालनका साथै निःशुल्क अक्सिजन र निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था नपाले गर्दै आएको बताउनुभयो ।
भेटमा चामुन्दा बिन्द्रासैनीका नगर प्रमुख गणेशकुमार शाहीले जनप्रतिनिधिहरूबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने हुँदा भक्तपुर नपाले विशेषतः शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको उपलब्धीबाट आफूहरुले पनि सिक्न चाहेको 
बताउनुभयो ।
उहाँले कलेज सञ्चालन गर्न र विद्यालयहरुको व्यवस्थापन गर्न भक्तपुर नपाले बनाएको शिक्षा ऐनबारे जिज्ञासा राख्नुभयो ।
उहाँले चामुन्दा बिन्द्रासैनी ९ वटा वडामा विभाजित रहेको र स्थानीय तहको पुर्नसंरचना गरिँदा यो नगरपालिका साबिकका चामुन्डा, जम्बुकाँध र लयाँटीबिन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरी नगरपालिका बनेको बताउनुभयो ।
नगपालिकाकाले एक पालिका एक प्राविधिक विद्यालयको नीतिअनुसार डिप्लोमा तहमा कृषि विषयको अध्ययन अध्यापन गराउँदै आएको र छिटै कृषिमा स्नातक कक्षा सञ्चालन गर्ने तयारीका साथ अगाडि बढिरहेको अवगत गराउनुभयो ।
भेटमा चामुन्दा बिन्द्रासैनीका वडाध्यक्ष, चामुन्दा माविका प्रतिनिधिहरुको उपस्थिति थियो ।
भेटपश्चात उहाँहरुलाई नगर प्रमुख सुनिल प्रजापतिले मयुरको झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने तत्पश्चात उहाँहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र ख्वप अस्पतालको स्थलगत अवलोकन गर्नुभएको थियो ।
 

...

All Comments.......


Please Login/Register To Comments