डा इन्दुल केसी
प्रारम्भ
२०७६ वैशाख ३० गते डा. सत्यमोहन जोशीज्यूले आफ्नो स्वहस्ताक्षरमा ‘डा. इन्दुल केसीज्यूमा शुभकामना’ भनी सत्यमोहनप्रणीतं दार्शनिक नाटक महर्षि याज्ञवल्क्य रोहिणीराज तिमिल्सिनाले अनुवाद गर्नुभएको यो पुस्तक मलाई प्रदान गर्नुभएको थियो । यो पुस्तक संस्कृत भाषामा भएकोले मैले केही बुझ्न सकिनँ । पछि यसलाई सत्यमोहन जोशीज्यूले नेपाली भाषामा नै लेख्नुभएको महर्षि याज्ञवल्क्य नामको १३६ पृष्ठको पुस्तक मैले काठमाडौँको एउटा पुस्तक पसलमा भेट्टाएर किनेर ल्याएँ । 
महर्षि याज्ञवल्क्य जनकपुरका विदेहराज जनकराजको ब्रम्हसभाका सर्वश्रेष्ठ ब्रम्हविद् ब्रम्हवेत्ताको उपाधिद्वारा विभूषित हुनुभएको थियो । यज्ञवल्क्य ऋषिज्यूले तयार गर्नुभएको यज्ञवल्क्य स्मृति र बृहदारण्यकोपनिषद् दुवै अति महङ्खवपूर्ण ग्रन्थ मानिन्छन् ।
वैद्धिक कालदेखि नाटकको प्रारम्भ भएको हो । सङ्गीतका ३ ओटा अंगहरु – गायन, बादन र नृत्य हुन् । मानिसको हृदयमा उत्पन्न हुने उद्गारहरु मनोरञ्जनको रुपमा नाटककारले नाटक लेखिन्छ । यसमा विभिन्न पात्रहरुद्वारा भावभंगी अभिनय गरी प्रदर्शन गरिन्छ । समाजको स्वरुप दर्शाउने, मनको उजाडपन हटाउने, धर्म–अर्थ–काम–मोक्षको ज्ञान प्रदान गर्ने नाटक एउटा साहित्यिक माध्यम हो । सङ्स्कृत, अंग्रेजी, हिन्दी, नेपाली लगायत अनेकौं भाषामा नाटकहरु लेखिएका पाइन्छन् ।
नाटक
काव्यशास्त्रमा रुपकको एक प्रमुख भेद काव्यको दृश्य भेदअन्तर्गत पर्ने नाटक एउटा विशेष खालको विधा मानिन्छ । नाटकमा मानिसको जीवनमा आइपर्ने विभिन्न प्रकारको सुखदुःखका घटनाहर साहित्यका विभिन्न रसहरु (श्रृङ्गार, वीर इत्यादि) नाटकका नायक, नायिका आदि विभिन्न पात्रहरुले गरिने अभिनय र तिनीहरुले गर्ने सङ्वादहरु हुन्छन् । नाटककारले लेखेका नाटकलाई रङ्गमञ्चमा यसका कलाकारहरुले अभिनय गरी दर्शकको अघि प्रदर्शन गरिन्छ ।
१. दृश्यहरु
यो लेखमा चर्चा गर्न खोजिएको महर्षि याज्ञवल्क्य नाटकमा निम्नलिखित सात दृश्यहरु छन् । १) आफू देखिने यन्त्र, २) विधाबमन, ३) महाकाव्य, ४) ब्रह्मसभा, ५) दूरदर्शिता, ६) प्रतिक्रिया, ७) अंशबन्डा हुन् ।
२. पात्र
यस नाटकमा २३ जना पात्रहरु छन् । १) मिथिलाका राजा जनक, २) अस्चल (जनकराजका प्रमुख गुरू पुरोहित), ३) देवरात (यज्ञमुनि), ४) सुरूपा (देवरातकी पत्नी), ५) वल्क (देवरातका पुत्र), ६) मैत्री र कात्यनी (यज्ञवल्क्यकी जेठी र कान्छी पत्नीहरु), ७) बनिता र मधु (यज्ञवल्क्यका छोरीहरु), ८) वैशम्पायन, ९) अन्य भाइ, ७ जना ब्रम्हज्ञानीहरु, महारानी, राज्यमन्त्री, सेनानी, अधिकृत, चिकित्सक, अङ्गरक्षक, राजगुरू, पहरादार, स्वयम्सेवकध महिला, बुढाबुढी र गाउँलेहरु हुन् ।
३. प्राक्कथन
यस नाटकको सुरूमा बेढङ्गको अनुहार शीर्षक दिएर नाटककारले प्राक्कथन लेख्नुभएको छ । 
दृश्य १
मिथिला – जनकपुर राजप्रासादको प्रवेशद्वारमा दिनको अपराह्न समयमा दर्शकहरु, राजगुरू, एउटा कुरुप मान्छेको बिच यज्ञवल्क्यले सङ्वादहरु दिइरहेको हुन्छ । देवरातको मुनिको घरपिँढी, कमला नदीको किनारमा हिँउदको अपराह्न पछि घटेको दृश्य हो ।
दृश्य २
विधाबमन उपशीर्षकअन्तर्गत कमला तट, चिसापानी गाउँनेर अपराह्न याज्ञवल्क्य आँखा चिम्ली लय हालेर उद्गार पोख्छन् ।
“ त्यो परब्रह्म सदा पूर्ण छ ! यो कार्य ब्रह्म पनि सदा पूर्ण छ ! किनभने पूर्णताबाट नै पूर्णताको उत्पत्ति हुन्छ, अनि प्रलयकालमा कार्य ब्रह्मको पूर्णत्वलाई आपूmमा लीन गरेर परब्रह्मको पूर्णत्वको शेष हुन्छ, त्रिविध तापको शान्ति हुन्छ । ॐ शान्ति ! शान्ति ! शान्ति !
यस दृश्यमा नाटकका विभिन्न पात्रले गरेका सङ्वादले पुस्तकको १२ पृष्ठ ओगटेको छ । अन्तम याज्ञवल्क्य ऐया ! ऐया ! भन्दै उठेको दृश्य छ ।
दृश्य ३
महावाक्य उपशीर्षकको यो दृश्य कमला नदी तटको माझाागाउँ हो । समय अपराह्न घटना २० वर्षपछिको हो । यस दृश्यले पुस्तकमा २१ पृष्ठ ओगटेको छ । यहाँ याज्ञवल्क्य, उहाँकी पत्नी मैत्रेयी, केही गाउँले, जनक राजा, मधु, बनिता, राजगुरूको बिचमा भएका सङ्वादहरु छन् । याज्ञवल्क्यले ताडपत्रमा केही लेखिरहेका हुन्छन् । त्यो पुस्तकको नाम आफ्ना पति याज्ञवल्क्य नै नामकरण उचिन हुने मैत्रेयीले आफ्नो इच्छा व्यत्तः गर्छिन् । मानिसका चित्तमा, हृदयमा, अन्तस्तकरणमा बुद्धि र विवेकको बारे विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको हुन्छ । जनक राजा पण्डितहरुसँग याज्ञवल्क्को आश्रममा आइपुग्छन् । “राजा भनेको जनभावनाकै प्रतीक हो नी, जनभावनाकै आधारमा राजा जननायक बन्छ, जनरक्षक हुन्छ र जनपदको स्वामी भएर बस्छ ।” उक्त कुराको यो दृश्यमा जुन चर्चा भयो, त्यो हाम्रो देशको वर्तमान समयमा कति सान्दर्भिक हुन्छ यो सोचनीय कुरा हो ।
दृश्य ४ ः ब्रम्हसा
स्थान राजा जनकको सभा भवन, यो सभामा तत्वज्ञानको परीक्षा हुन गइरहेको छ । 
पुरूष जाति, स्त्री जाति सबै बराबर छन् । जाति, वर्ण र लिङ्गभेद हुनुहँुदन । सबैर्लाइ समान अधिकार छ । ब्रह्म भन्ने आत्मा हो त्यो हामी सबैमा नै अपरोक्ष भएर रहेको छ । आत्मालाई जानेपछि सङ्साररुपी बन्धनबाट मुक्त हुन्छ । यस प्रकारका ब्रह्म ज्ञान सम्बन्धी धेरै महङ्खवपूर्ण कुराहरु यस चौठो दृश्यमा भएको छ । 
दृश्य ५ ः दूरदर्शिता
स्थान ः कमला नदी आसपासको माझ गाउँ
समय ः मध्याह्न हुनुभन्दा अगाडि
यस दृश्यमा ‘ॐ’ अक्षर अ, उ, म सङ्युक्त रुपमा रहेको जाग्रत, स्वप्न र सुषुप्तिको प्रतिक उहि ‘ॐ’ अक्षर हो । मानिसको अन्तस्करणमा रहँदा निर्गुण निराकरा र बाहिर निस्कँदा सगुण संस्कार बन्दछ । भन्ने  कुराको चर्चा यस दृश्यमा हुन्छ ।
दृश्य ६ ः प्रतिक्रिया
स्थान ः उत्तर केवलानन्द आश्रम
समय ः साँझ पर्न लागेको बेला
यहाँ विष्णु पुराणमा उल्लिखित ‘गंगासार’ जुन आदिकारमा हिमाली पाखाकै वर थियो, जुन आज धेरै पर पुगिसकेको छ । हिमाली पाखाका कर्णाली गण्डकी, कोशीको पानी त्यसैमा मिसिन जान्छ । ‘गौरी शंकर’ हिमालको भूगर्भ भित्र आत्मज्ञान दर्शनको असीमित विशेषताहरु छन् । हिमाली पाखो तपोभूमि भएको छ, मुक्तिक्षेत्र मानिएको छ, पाशुपत क्षेत्र कहलिएको छ ।
‘जनक’ भनेको राजा, महाराजाधिराजप्रति आदरार्थी भावमा प्रयोग हुने पद हो । यसको खास प्रयोग राष्ट्रपिता होस्, राष्ट्र नायक हो, लोकपालक हो, धर्म रक्षक हो । जनक शब्दमा अर्थालंकार र काव्यालंकार भरिपूर्ण छ । विवाह पञ्चमी श्रावणको झुला महोत्सवको प्रशंग र अन्तस्करणको शुद्धि गरेर मात्र ज्ञानको सिर्जना हुने कुरा समेत यस दृश्यमा देखाएको पाइन्छ ।

दृश्य ७ ः अंशबन्डा
स्थान ः केही वर्षपछि जनकपुरको नवनिर्मित ‘ज्ञानकूप’ आश्रम ।
समय ः मध्याह्न हुनुभन्दा अगाडि
यस दृश्यमा याज्ञवल्क्य भन्नुहुन्छ – “म गार्हस्थ आश्रमबाट सन्न्यास आश्रममा उठ्न चाहन्छु । (जनै समाएर) अब मलाई यी जाग्रत, स्वप्न, सुषुप्तिका तीन डोरोसँग केही माया–ममता छैन, (टुपीतिर हात लगी) न यी मन, वचन, कर्मको एकताको प्रतीक शिखासँग नै, (देह छामी) न यो दाहसङ्स्कारयुक्त शरीरसँग नै ! मलाई त अब पारिव्राज्य स्वीकार्नु छ ।”
सम्वादको क्रममा याज्ञवल्क्य पुनः भन्नुहुन्छ – “धनले अमरता त मिल्दैन, न जीवनमुक्तिको प्राप्ति नै ! धनले त भोगमय जीवनमै जीवनलाई अल्झाइराख्छ । धनले त भौतिक उन्नतिलाई मात्र टेवा दिन्छ ।” 
“यो विश्व ब्रह्माण्डमा अमृतत्व प्राप्तिको एकमात्र साधनभूत मार्ग आत्माको दर्शन, श्रवण, चिन्तन र ज्ञान गर्नुमा नै छ ।”
“डोरीमा भ्रान्तिवश सर्प देखिने तर्क–वितर्कहरु जे–जति छन् ती सबलाई सबैले जान्न, बुझ्न र अनुभव गर्न समर्थ भएको भए, यो मनुष्यचोला कस्तो हुँदो हो हगि ?”
यहाँ मैत्रेयी भन्नुहुन्छ – “नाशवान् धन दौलतादिको भागबन्डा स्वीकार गर्दिनँ, कहिल्यै नाश नहुने ज्ञानको अंशबन्डा पाएँ भने सहर्ष स्वीकार गर्दछु ।”

मेरो निष्कर्ष
सत्यमोहन जोशीज्यूको यो नाटकको स्थान, पात्रहरु, तिनीहरुको सम्वादले नेपाल राष्ट्रको इतिहास, भूगोल, आध्यात्मिक, दर्शन, समाजमा महिलाको स्थान, नेपाली समाजको चालचलन, लोक व्यवहार, सम्पति भाग बन्डा, नैतिक शिक्षा आदिको बारे राम्रो दिग्दर्शन गरेको पाइन्छ ।

...

All Comments.......


Please Login/Register To Comments