भक्तपुर । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु पौडेलको नेतृत्वमा आउनुभएका प्रतिष्ठानका प्रशिक्षक तथा प्रशिक्षार्थीहरु सम्मिलित टोलीले बिहीबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेको छ । टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिस“ग भेट गरी सहकारी क्षेत्रका सम्भावना, चुनौती र समस्याबारे अनुभव आदानप्रदान तथा छलफल ग¥यो ।
देशका विभिन्न स्थानीय तहबाट आएका प्रतिनिधिहरूलाई स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपा क्षेत्रफलमा देशकै सानो तर जनघनत्व बढी भएको नगरपालिका भएको जानकारी दिनुभयो र भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रबाट देशको लागि महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउँदै उहाँले सहकारीप्रति नागरिकहरुको वितृष्णा बढ्दै गएको अवस्थामा सहकारीलाई नियन्त्रण गर्न नीतिगत रुपमै लाग्नुपर्ने बताउनुभयो ।
संविधानले संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको सरकार स्वीकारेको अवस्थामा जिल्ला समन्वय समितिको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै उहाँले जिल्ला समन्वय समिति खारेज गर्नु नै देशको हितमा रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुले यहाँको सामाजिक, स्वास्थ्य, शैक्षिक विकास, सम्पदा संरक्षण, विकास निर्माणलगायतका क्षेत्रमा विशेष योगदान गर्नुभएको स्मरण गर्दै आर्थिक अनुशासन र पारदर्शिताले सहकारीहरुको दिगो विकास सम्भव हुने बताउनुभयो ।
¬भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी क्षेत्रमा भक्तपर नपाबाट सञ्चालित विविध गतिविधिबारे प्रस्तुतीकरण दिंदै भक्तपुर नगरपालिकाको सहकारी ऐन विपरीत नगरपालिकाको स्वीकृति बिना सञ्चालित सहकारी तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई कानून विपरीत सञ्चालनमा रोक लगाउँदै आएको बताउनुभयो ।
भक्तपुर नगर भित्र सञ्चालित सहकारीहरुलाई सहकारी सिद्धान्तअनुसार सञ्चालन गर्न नगरपालिकाले समय समयमा अनुगमन गर्दै आएको बताउँदै उहाँले अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधारको लागि सुझावहरु दिने र त्यसको कार्यान्वयन गराउने प्रयास नगरपालिकाले गर्दै आएको बताउनुभयो ।
प्रशिक्षार्थीहरुको जिज्ञासामाथि प्रष्ट पार्दै उहाँले विना धितो ऋण प्रवाह गर्दा धेरै सहकारी संस्थाहरु समस्यामा परेको बताउँदै सहकारीसम्बन्धी लेखा तथा कोपोमिस तालिम सञ्चालनले सहकारी व्यवस्थापनमा धेरै मद्दत पुगेको बताउनुभयो ।
कार्यक्रममा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु पौडेलले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र सहकारीसम्बन्धी अनुसन्धानमूलक क्रियाकलापहरुमार्फत देशमा सहकारी आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले सञ्चालनमा रहेको नियमनकारी संस्था भएको बताउनुभयो ।
भक्तपुर नपाले सहकारीसम्बन्धी कार्ययोजना बनाई अनुगमन गर्दै आएको पक्ष प्रशंसनीय भएको बताउँदै उहाँले भक्तपुर नपाको असल अभ्यासबाट देशका अन्य स्थानीय तहले सिक्न सकिने धेरै पक्षहरु रहेको उल्लेख गर्नुभयो ।
सहभागीहरुमध्येबाट चन्द्रपुर नगरपालिका, रौतहटका शेख नसरे आलमले भक्तपुरमा संघीयताको राम्रो अभ्यास भएको बताउँदै सहकारीकर्मीहरुले सहकारीमार्फत देश निर्माण गर्ने र समाज उत्थान, उन्नति र प्रगतिको लागि आ—आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले सहकारी शाखाको बजेट र गतिविधि, कोपोमिस तालिमको सान्दर्भिकता, सहकारी अनुुगमन र नियमनमा देखिएका समस्या, सहकारी शाखाको सूचना प्रविधि प्रयोग, विना स्वीकृति सञ्चालन भएका सहकारीहरुको अवस्था, अनुगमन समिति गठन प्रक्रिया, संकटग्रस्त सहकारीको सम्पत्ति रोक्कापश्चात बचतकर्ताको रकम फिर्तामा भक्तपुर नपाको पहल आदिबारे जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रममा  सहकारी समितिका  हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।
अध्ययन अवलोकन भ्रमणमा देशभरिका ६५ वटा स्थानीय तहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रमुख प्रजापतिले टोलीलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने टोलीलाई भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले खादा ओढाइ स्वागत गर्नुभएको थियो ।  
भक्तपुर नपामा भएको अनुभव आदानप्रदान कार्यक्रमपश्चात उक्त टोलीले भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र ख्वप अस्पतालको स्थलगत निरीक्षण समेत गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments