सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका
संघीयताको कार्यान्वयनपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनबाट हामी निर्वाचित भएको आज एक वर्ष पूरा भयो । हामीले २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरेका थियौ“ । निर्वाचन घोषणापत्रमार्फत जनतालााई दिएका बचनहरु एक एक गरी पूरा गर्न हामी कटिबद्ध भएर लाग्दैछौ“ । हामीलाई यो ठाउँमा पु¥याएर जनताको सेवा गर्ने अवसर दिनुहुने तमाम भक्तपुरबासी दाजुभाइ तथा दिदीबहिनीहरुप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछौ“ र हाम्रा कमी—कमजोरीहरुलाई आ“ैल्याएर रचनात्मक आलोचना गरी सहयोग गर्नुभएका मित्रहरुलाई धन्यवाद ज्ञापन गर्दछौ“ ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने, पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने र सांस्कृतिक नगर बनाउने उद्देश्यले हाम्रा अग्रजहरुले सुरु गर्नुभएको पाइलालाई हामी निरन्तर अगाडि बढाउँदैछौ“ । नेपालमा सङ्घीयता कार्यान्वयनपछि संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दैछौ“ ।
   जनताको घरदैलो सरकारको रुपमा परिचित स्थानीय तहबाट हुनसक्ने अधिकत्तम सेवाहरु उपलब्ध गराउँदै आएका छौ“ । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाई, खानेपानीलगायत जनताका आधारभूत आवश्यकतालाई प्राथमिकता दिएर काम गर्दैछौ“ ।
सङ्घीयता कार्यान्वयनको सिलसिलामा सङ्घ र प्रदेश तहबाट हुने गरेको स्वायत्ततामाथिको हस्तक्षेपको निरन्तर आलोचनात्मक दृष्टिकोण राख्दै स्वायत्तता र आत्मनिर्भरतालाई जोड दि“दै छौ“ ।
   नेपाल सरकार अर्थ मन्त्रालयले हालै पत्र पठाई चालु आ.व. को अन्तिम चौमासिकमा स्थानीय तहको लागि पठाइने पुँजीगत खर्चमा विनियोजित बजेटको ५० प्रतिशत मात्रै पठाउन सकिने जानकारी गरायो । अब देशभर स्थानीय तहबाट सञ्चालित सयौ“ चालू योजनाहरु बन्द हुने र नयाँ योजनाहरु सुरु हुने छैनन्् । आन्तरिक आय कमजोर भएका स्थानीय तहबाट सञ्चालित योजनाहरु अलपत्र हुने प्रायः निश्चित छ । 
   जनताको आवश्यकता स्थानीय तहलाई थाहा हुने हुँदा सङ्घ र प्रदेशले पठाउने बजेटमा सःशर्त बजेट कम गर्दै समानीकरण शीर्षकमा बजेट बढाउँदै लानुपर्ने हो, तर त्यसको ठीक उल्टो सःशर्त बजेट बढाएर स्थानीय तहलाई सङ्घ र प्रदेशको नियन्त्रणमा राख्ने कोसिस हुँदैछ । सङ्घीयताको मर्म र भावनाअनुसार भक्तपुर नगरपालिका निरन्तर जनताको सेवामा समर्पित हुँदै समाजवादउन्मुख काम गर्दै अगाडि बढ्दैछ ।
   स्थानीय तहको कर्मचारीको लागि सङ्घ र प्रदेशको मुख ताक्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था नै स्थानीय तहको विकासको बाधक हो । आवश्यकताअनुसार करारमा कर्मचारीहरु भर्ना, स्थायी वा बढुवा गर्ने अधिकारविनाको स्थानीय तहलाई सरकार भन्नुको कुनै अर्थ छैन । प्रदेश कर्मचारी कानूनमा भएको स्थानीय तहका कर्मचारीहरु २—२ वर्षमा सरुवाको प्रावधानले थप अन्योल सृजना ग¥यो । प्रदेश सरकारको निर्देशनअनुसार सरुवा हुने कर्मचारीको उपदान वा निवृत्तिभरणको व्यवस्था कसले गर्ने भन्ने ऐनमा स्पष्ट व्यवस्था छैन 
   विभिन्न चुनौतीहरुबीच निर्वाचनमा जनतासमक्ष घोषणापत्रमार्फत गरेका प्रतिबद्धता र आ.व. २०७९।८० को नीति तथा कार्यक्रमको आधारमा हामीले काम गर्दैछौ“ । हाम्रा काम खुल्ला पुस्तकसरह छ । समय—समयमा विभिन्न गतिविधिमार्फत भक्तपुर नपाले गरेका कामहरु जनताबीच राख्दै आएका छौ“ ।
भक्तपुर नगरपालिकाले गरेका कामहरु अध्ययन गर्न देशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरु भक्तपुर भ्रमणमा आउने गर्नुभएको छ । यहाँका जनताले गरेका मिहिनेत, परिश्रम र योगदानलाई जिल्ला जिल्लाका जनताले सुक्ष्म ढङ्गले हेरिरहेका छन् । 
   
 आयतर्फ ः
आ.व. २०७९।८० मा आन्तरिकतर्फ ४६ करोड ८१ लाख र बाह्य स्रोततर्फ रु. १ अर्ब ६४ करोड ७७ लाख २६ हजार र बा“की मौज्दात रु. ६ करोड ८४ लाख १६ हजार गरी कुल रु. २ अर्ब १८ करोड ४२ लाख ४२ हजार स्रोत अनुमान गरिएकोमा २०८० वैशाख मसान्तसम्म आन्तरिकतर्फ रु. ३४ करोड २९ लाख ३५ हजार, जुन अनुमानितको ७३.२६ प्रतिशत प्राप्त भएको छ भने बाह्यस्रोत तर्फ रु. ८७ करोड १४ लाख प्राप्त भई अनुमानितको ५२.८८ प्रतिशत आम्दानी भइसकेको छ । यसरी आन्तरिक र वाह्य गरी कुल रु. २ अर्ब १८ करोड ४२ लाख ४२ हजार अनुमान गरिएकोमा २०८० वैशाख मसान्तसम्म कुल रु. १ अर्ब २१ करोड ४३ लाख ४५ हजार प्राप्त भई अनुमानितको ५७.४ प्रतिशत आम्दानी भइसकेको छ ।
 व्ययतर्फ ः
२०७९ वैशाख मसान्तसम्म चालुतर्फ रु. ६१ करोड ४४ लाख ५७ हजार खर्च भई विनियोजित रकमको ४३.०१ प्रतिशत र पु“जीगततर्फ रु. १९ करोड १० लाख ४४ हजार खर्च भई विनियोजित रकमको २७.२९ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ रु. १ करोड खर्च गरी विनियोजितको १७.८५ प्रतिशत गरी कुल रु. ८१ करोड ५५ लाख खर्च भएको छ । जुन विनियोजित रकमको ३७.३३ प्रतिशत हुन आउँछ । 
 कर असुली ः
चालु आ.ब. २०७९।०८० को १० महिनामा कूल आन्तरिक आय (२०७९ श्रावण १ देखि २०८० बैशाख मसान्त सम्ममा) रु. ३४ करोड २९ लाख संकलन भयो । यो चालू आ.ब.को लक्ष्यको ७३ प्रतिशत हो । आ.ब. २०७८।०७९ को सोही अवधिमा रु. १५ करोड ७५ लाख मात्र संकलन भएको थियो । गत वर्षको सोही अवधिमा कूल आन्तरिक आयमा रु. १८ करोड ५४ लाखले बृद्धि भएको छ । यो गत बर्षको तुलनामा ११८ प्रतिशतले बृद्धि हो । कोरोना महामारीपछि क्रमशः पर्यटक आगमनमा बृद्धि हुंदै छ । पर्यटक शुल्कमा यो अवधिमा रु.  १२ करोड ६२ लाखले बृद्धि भयो भने अन्य आन्तरिक श्रोतमा समेत रु. ५ करोड ९२ लाखले बृद्धि भएको छ । 
बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान अन्तर्गत जम्मा २ करोड ६४ लाख रुपैयाँ प्राप्त भयो । त्यस्तै बाह्य श्रोतअन्तर्गत राजश्व बा“डफा“ड (मालपोत) रु. १ करोड ९९ लाख, राजश्व बा“डफा“ड (संघ) ४ करोड ३९ लाख, सवारी कर (प्रदेश) रु. २ करोड १ लाख गरी जम्मा नेपाल सरकारबाट रु. ७ करोड अनुदान प्राप्त भयो । राजश्व सकंलनलाई प्रविधि मैत्री बनाउने क्रममा यस वर्षदेखि ई—सेवा प्रा.लि, नेपाल क्लियरिड्ड हाउस र खल्ती एप गरी ३ वटा कम्पनी छनोट गरी अनलाइन राजश्व सकंलनको व्यवस्था मिलाएका छौँ । 
 पर्यटन ः
पर्यटन भक्तपुर नगरपालिकाको आन्तरिक आयको प्रमुख श्रोत हो । चालु आ.व.मा पर्यटनबाट रु. १७ करोड आम्दानी हुने अनुमान गरिएकोमा बैशाख महिनासम्म रु. १५ करोड ८६ लाख आम्दानी भइसकेको छ । जुन अनुमानित आयको ९३.३४ प्रतिशत हो । चालु आ.व.को सोही अवधिमा गैरसार्कतर्फ ८३,५८१ र सार्क र चिनिया“तर्फ ७३,३३० गरी जम्मा १,५६,९११ जना पर्यटकले भक्तपुरको अवलोकन भ्रमण गरिसकेका छन् । गत आ.व.को श्रावणदेखि बैशाखसम्म १० महिनामा गैरसार्कतर्फ १७,५५१ जना र सार्क र चिनियाँतर्फ १८,५२४ जना गरी जम्मा ३६,०७५ जना पर्यटकले मात्र भक्तपुर अवलोकन भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष १,२०,८३६ जना (३३४.९६ प्रतिशत) बृद्धि भएको छ । यो वर्ष विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनलाई सम्बोधन गर्न गैरसार्क पर्यटकहरुस“ग संकलन गर्र्दै आएको प्रवेश शुल्क १५ डलरमा समायोजन गरी २०७९ पौष १७ गतेदेखि प्रति गैरसार्क पर्यटक रु. १८००।— प्रवेश शुल्क कायम ग¥यौं । पर्यटन प्रवद्र्धनको लागि ‘योमारी प्रदर्शनी’, ‘घरेलु उत्पादन मेला—२०७९’, सांस्कृतिक प्रतियोगिताहरुलगायतका गतिविधिहरू पनि यस अवधिमा सम्पन्न भए । 
 शिक्षा ः
वि.सं. २०५६ सालमा ख्वप उच्च मा.वि स्थापना गरी शिक्षा क्षेत्रमा पाइला चालेको भक्तपुर नगरपालिका अहिले ख्वप कलेज अफ लसम्म आइपुग्दा उच्च शिक्षा प्रदान गर्ने ८ वटा शैक्षिक संस्थाहरु संचालन गर्न सफल भएको छ । नगरपालिकाबाट संचालित ती कलेजहरुमा हाल ७३ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरुले कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै छन् । हाम्रा कलेजहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि वार्षिक ४ करोड रुपैया“भन्दा बढी छात्रवृतिको व्यवस्था छ । 
स्थानीय सरकार संचालन ऐन २०७४ कार्यान्वयनपछि सबै विद्यालयहरुको जिम्मेवारी नगरपालिकामा आयो । नगरभित्र सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालयहरु संचालनमा छन् । नगरपालिकाले शैक्षिक गुणस्तरमा प्रतिस्पर्धाको नीति अवलम्बन गर्दै कक्षा ५, ८ र १० मा नगरस्तरीय परीक्षा सञ्चालन गरेको छ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई आवश्यक तालिम, विद्यालयहरुको आवश्यकताको आधारमा भौतिक सुधारका लागि आर्थिक सहयोग उपलब्ध गराउ“दै आएको छ । ख्वप कलेजमा अध्ययनरत राजनीतिशास्त्र विषयका ३६ जना र संस्कृति विषयका ८ जना गरी ४४ जना र विभिन्न कलेजहरुमा भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा पढ्ने विद्यार्थीहरुले नगरपालिकाको छात्रवृतिमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्दैछन् । शहीदका सन्तानहरुलाई छात्रवृति दिने नीतिअनुसार शहीद महेश श्रेष्ठकी पुत्री रश्मी श्रेष्ठलाई उच्च शिक्षामा छात्रवृति प्रदान गरिरहेको छ । नेपाली इतिहासमा १ र संस्कृति विषयमा १ गरी २ जनाले विद्यावारिधि, इतिहास, संस्कृति र पुरातत्व विषयमा १ र राजनीतिशास्त्रमा १ गरी २ जनाले एम.फिल तथा नेपालभाषामा २ र संस्कृति विषयमा १ गरी ३ जना नगरपालिकाको छात्रबूत्तिमा स्नातकोत्तर तहमा अध्ययनरत छन्् । साथै गत वर्षहरुमा स्विकृत ३१४ जना र चालु आर्थिक वर्षमा १५७ जना गरी ४७१ जनालाई शैक्षिक ऋण स्विकृत गरी रु ५ लाखका दरले  ऋण प्रदान गरी अध्ययनको अवसर प्रदान ग¥यौं  । 
यससँगै नगरभित्रका विद्यालयहरुमा अध्ययनरत आमा बुबा नभएका ५३ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छौं ।
 स्वास्थ्य ः
भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै छ । नगरपालिकाद्वारा संचालित ख्वप अस्पताल, श्वास प्रश्वास पुनस्थापना केन्द्र, जनस्वास्थ्य सेवा केन्द्र, शहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य उपचार केन्द्रहरुबाट बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं । मिति २०७९ पुष २ गते ख्वप अस्पतालको नया“ भवन उद्घाटन गरी सो भवनबाट स्त्री रोग, बाल रोग, छाला, नाक—कान—घा“टी, दन्त, आ“खा, हाडजोर्नी, छाती, मुटु, नशा, प्रसुति, मानसिक रोगलगायत विभिन्न रोगहरुको बिशेषज्ञ सेवा उपलब्ध गराउ“दै आएका छौं । मिति २०७९ माघ ७ गतेदेखि मेजर अपरेशन र २०८० बैशाख १७ गतेबाट प्रसुति सेवा शुरु भएको छ । वडा वडामा संचालन भईरहेको घरदैलो नर्र्सिड्ड सेवालाई अझ प्रभावकारी बनाउन सम्बन्धित वडामा नियमित आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने गरी वडा नर्सहरुलाई परिचालन गर्दै छौं ।  वडा नर्सहरुमार्फत नगरभित्रका विद्यालयहरुमा स्वास्थ्य उपचार सम्बन्धित कक्षाहरु सञ्चालन भइरहेका छन् ।
मिति २०७९।२।२३ गते बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट १०० शैयाको अस्पताल संचालन अनुमति प्राप्त गरी ख्वप अस्पताल संचालनमा ल्याएकोमा हाल २१ जना विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, ४७ जना स्टाफ नर्सलगायत १७३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत छन् । कुनै पनि सार्वजनिक विदा र शनिवारसमेत गरी वर्षको ३६५ दिन दैनिक ११ घण्टा ओपिडी सेवा ख्वप अस्पतालको विशेषता हो । 
ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट नगरवासीहरुलाई निशुल्क अक्सिजन उपलब्ध गराउ“दै आएकोमा यो वर्षदेखि विभिन्न रोगको उपचार र अपरेशनको लागि नगरवासीहरुलाई आवश्यक रगत निःशुल्क प्रदान गर्दैछौं । चालू आ.व.को १० महिनामा ९ हजार ८ सय ५५ वटा सिलिन्दर अक्सिजन वितरण ग¥यौं । हालसम्म ३९८ जना नगरवासीले निःशुल्क रगत प्राप्त गर्नुभयो भने सोको लागि भक्तपुर नगरपालिकाले ६,३६,६००।— रकम भुक्तानी ग¥यो । त्यस्तै कडा रोग लागेका २१९ जनालाई प्रतिव्यक्ति रु. १५०००।— का दरले ३२,८५,०००।— उपलब्ध गरायो  । 
चालू वर्षको १० महिनाको अवधिमा १ लाख ७९ हजार १५० जना विरामीले ख्वप अस्पतालबाट सेवा प्राप्त गरि सकेको छ । नगरपालिकाको व्यवस्थापनमा संचालित ख्वप तिलगंगा आखा अस्पतालले चालू आ.ब.को १० महिनामा  २२,३०९ जना आखाका बिरामीहरुको उपचार गरेको छ भने सोही अवधिमा ६०७ वटा आँखाको अपरेसन भइसकेको छ । सो अवधिमा नगर आयुर्वेदिक स्वास्थ्य उपचार केन्द्रबाट २ हजार १ सय ८२ जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरे । सबै वडाहरुमा नगरबासी महिलाहरुको पाठेघर तथा स्तन परीक्षण गरी क्यान्सर रोगविरुद्ध जनचेतना शिविर सञ्चालन भएका थिए ।
 विकास निर्माण ः
सम्पदा संरक्षणतर्फ यो कार्यकालको पहिलो वर्र्षभित्र ५ वटा मन्दिर, ५ वटा पाटी, २ वटा द्योछें, १ वटा पोखरी र अन्य २ वटा गरी जम्मा १५ वटा सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भए । त्यस्तै २२ वटा सम्पदाहरुको जीर्णोद्धार र पुनःनिर्मााण कार्य चालू अवस्थामा छन् । यसको लागि चालू आ.व.को १० महिनाभित्र रु. ७ करोड ४० लाख ७३ हजार खर्च भयो । तीमध्ये नित्यनाथ मन्दिर, भगवान द्यो मन्दिर, भोलाछें पोखरी, दुबेंकेगु फल्चा, वन्ती पाटी, गुहेश्वरी पाटी, देगमना पाटी, भाज्यापोखरीको जलेश्वर मन्दिर, बेताल द्योछें, वाकुपति चाँगुनारायण मन्दिर आदि निर्माण सम्पन्न भएका मुख्य मुख्य सम्पदाहरु हुन् । जनप्रतिनिधि वहाल भएको १ वर्षभित्रमा ठाउ“ ठाउ“मा सडक ग्राभेल, कालेपत्रे र ढुड्डा छपाईका कामहरु सम्पन्न भए । २३६० मि. खानेपानी पाइप विछयाउने, १ वटा कभर्ड हल, १ वटा बाल उद्यान, १ वटा फोहोर मैला प्रशोधन केन्द्रको पूर्वाधार निर्माण कार्यहरु पनि सम्पन्न भएको छ । निर्माण सम्पन्न र चालु विकास निर्माणका आयोजनाहरु समेतको गरी चालु आ.व.को १० महिनामा १९ करोड १० लाख खर्च भयो ।
 कला संस्कृति संरक्षण ः
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउ“दै भक्तपुर नगरपालिकाले यहा“का ऐतिहासिक, पुरातात्विक र सा“स्कृतिक मूर्त र अमूर्त सम्पदाहरु संरक्षण गर्दै आएको छ । नगरमा रहेका मठ—मन्दिर, पाटीपौवा, वहावही, सत्तल पाटी, द्यो छें, ढुड्डेधारा, पोखरी, देवालय, शिवालयलगायतका मूर्त सम्पदाहरुका साथसाथै नाचगान, बाजागाजा, दाफाभजनलगायत विभिन्न अमूर्त सम्पदाहरुको पनि संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्नेमा हाम्रो ध्यान केन्द्रीत छ । त्यस्तै नगरको ऐतिहासिक स्वरुपलाई कायम राख्न परम्परागत शैलीमा नगरपालिकाको निजी आवासीय भवन निर्माण मापदण्ड पालना गरी निर्माण गर्ने निजी घरधनीहरुलाई अनुदान प्रदान गर्दै प्रोत्साहित पनि गर्दैछौं । सांस्कृतिक अमूर्त सम्पदा संरक्षणार्थ २०७९ चैत्र १७ गते प्रगतिशील भजन प्रतियोगिता संचालन गरी सहभागी सम्पूर्ण भजन टोलीहरुलाई वाद्यवादन सामाग्री र विजेता भजन टोलीलाई नगद पुरस्कार वितरण गरी प्रोत्साहित गरियो । यो वर्ष पनि गाईजात्रा महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न सा“स्कृतिक विधाहरुको मूल्याङ्कन गरी पुरस्कृत गरियो । 
 सरसफाई ः 
सरसफाई नगरपालिकाको अर्को महत्वपूर्ण कार्य हो । नगरलाई निरन्तर सफा राख्न १४० जना जनशक्ति परिचालन गरी फोहोर कुहिने र नकुहिने छुट्याएर संकलन गर्दै छौं । भक्तपुरमा दैनिक ३० टन फोहर उत्पादन हुने गरेको रेकर्ड छ । कुहिने फोहारबाट सी.एन.बी.एम. प्रविधिबाट कम्पोष्ट मल उत्पादन गरी सहुलियत दरमा कृषकहरुलाई वितरण गर्दै आएको र नकुहिने फोहोर, पुनःप्रयोग गर्न मिल्ने प्लाष्टिक धातुलगायत विभिन्न सामाग्री छुट्याई बा“की भएका फोहोरलाई सुरक्षित तवरले अन्तिम विसर्जन गर्दै आएका छौं । फोहोरमैला व्यवस्थापनको लागि यस आ.व.मा अनुमानित वार्षिक १४ करोड विनियोजितमध्ये  १० महिनामा ९ करोडभन्दा बढी खर्च भइसकेको छ । नगरको दीर्घकालीन रुपमा सफाइ कार्य हाम्रो लागि चुनौति बन्दैछ ।
 खानेपानी ः
भक्तपुर नगरभित्र खानेपानीको श्रोत धेरै कम छ । नगरकोट र बोडेबाट मात्र खानेपानी वितरण हु“दै आएकोमा २०७९ जेठ १२ गतेबाट मेलम्चीको पानी भक्तपुर नगरक्षेत्रमा वितरण शुरु भयो । भक्तपुर नगरको तल्लो भाग (कोने) को भ.न.पा वडा नं. १, २, ३, ४, र ५ मा मेलम्चीको खानेपानी वितरण भइरहेको छ । नगरको बा“की क्षेत्रमा पनि मेलम्चीको पानी पु¥याउने प्रयास जारी छ । हाल बाराही स्थानदेखि सूर्यमढीसम्म खानेपानी पाइप बिछ्याउने कार्य भइरहेको छ । खानेपानी समस्याबारे आएका जन गुनासो र आलोचनाप्रति हामी अत्यन्त संवेदनशील छौं र समाधानको लागि हाम्रो क्षमताले भ्याएसम्म गम्भीरतापूर्वक लाग्दै पनि छौं । भनपा ९ स्थित तुमचो दुगुरे आवास योजनामा डिप बोरिड्डको पानी वितरण आरम्भ भयो । खानेपानी धारा जडानको लागि  २३२ जनाले दर्खास्त पेश गरेकोमा २०८ घरमा धारा जडान भयो । भनपा वडा नं. १ सल्लाघारीमा डिप बोरिड्डको पानीलाई भण्डार गरी वितरण गर्न पानी ट्यांकी निर्माणको काम चालू छ । खानेपानी समस्या समाधानको लागि बैकल्पिक श्रोतको खोजीस“गै नगरका विभिन्न क्षेत्रमा डिप बोरिड्ड गरी पानी वितरण भइरहेको छ । 
 खेलकुद ः
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक विकास स“गै खेलकुदलाई पनि विशेष महत्व दि“दै खेलकुद विकाससम्बधी गतिविधिहरु संचालन गर्दै आएको छ । फुटबल, भलिबल, बक्सिड्ड, करा“ते र टेबुलटेनिसको नियमित प्रशिक्षणलाई निरन्तरता दिंदै पूर्णकालीन खेलकुद प्रशिक्षकको व्यवस्था गरी नगरक्षेत्रका विद्यालयहरुमा नियमित खेलकुद प्रशिक्षण दिर्दै छौं । मिति २०७९ असार १५ देखि १७ गतेसम्म भक्तपुर नगरस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता  र मिति २०७९ कार्तिक १ देखि ६ गतेसम्म भक्तपुर नगरपालिकाका विद्यालयका खेलकुद शिक्षकहरुलाई खेलसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरियो । २०७९ पौष ५ देखि ९ गतेसम्म भक्तपुर नगरपालिकाभित्रका ८० वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागितामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरियो । उक्त प्रतियोगितामा १४ वटा खेलकुद विधामा २,६९८ खेलाडीहरुको सहभागिता थियो । निर्वाचन घोषणापत्र अनुसार प्रत्येक वर्ष सञ्चालन गरिने अन्तरनगर खेलकुद प्रतियोगिता अन्तर्गत यो वर्ष अन्तरनगर खो खो प्रतियोगिता मिति २०७९ फागुन ५ देखि ९ गतेसम्म सफलतापूर्वक सम्पन्न गरियो ।
 सहकारी ः
सहकारीमा बचतकर्ताहरुको रकम लिएर सञ्चालकहरु भाग्ने क्रम जारी छ । भनपाभित्र सञ्चालित १५६ वटा सहकारीहरुको नियमित अनुगमन गरी व्यवस्थित गर्ने प्रयास गर्दैछौं । समय समयमा सञ्चालकहरु, कर्मचारीहरुको बैठक तथा आवश्यक तालिमहरु दिंदैछौं । केही सहकारीमा आएको समस्यालाई ध्यानमा राखी अन्य सहकारी सञ्चालक तथा बचतकर्ताहरुलाई सचेत गराउ“दै अनियमित गरी भाग्ने सहकारी संचालकहरुको नाउ“मा रहेका घर जग्गा रोक्का गरी जनताको रकम सुरक्षित गर्ने प्रयासमा छौं ।
सहकारीमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्दै सामुदायिक विकास कोषमा जम्मा भएको रकम जनताको सेवामा खर्च गर्न भनपा र सहकारीकर्मीबीच समन्वयमा काम गर्दैछौं ।
 कृषि ः
भक्तपुर कृषकहरुको बाहुल्यता भएको नगर भए पनि शहरीकरण र काठमाडौं उपत्यका केन्द्रित बस्ती बिस्तारको कारण खेतीयोग्य जमिन घट्दैे छ । अतः खाद्यान्न, तरकारीलगायत कृषि आवश्यकता पूरा गर्न भक्तपुर नगरपालिकाले आधुनिक कृषि प्रणाली सम्बन्धी कृषि प्राविधिक तालिम संचालन गर्यो । सहुलियत दरमा धानको वीउ, निःशुल्क गहु“को वीउ, कृषि चुन सहुलियत दरमा कम्पोष्ट मल वितरण गरी कृषकहरुलाई कृषि पेशामा उत्साहित गर्दै आएका छौं । यस अवधिमा सामुदायिक कुकुर नियन्त्रण र व्यवस्थापनको लागि  ९६२ वटा कुकुरलाई रेविज खोप व्यवस्था र २३६ कुकुरको बन्ध्याकरण गरियो ।  
 आवास योजना ः
भक्तपुर नगरपालिकाद्वारा संचालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना अन्तिम चरणमा छ । देको मिवा इतापाके क्षेत्रको सम्पूर्ण जग्गाहरुको नापीनक्सा स्वीकृत भई साविक १५ क, ख, ग, ङ, च र ज, १० (क) र ५ (क) को स्थायी पूर्जा वितरण भइरहेको छ । हालसम्म सो क्षेत्रको जम्मा ३३ प्रतिशत पूर्जा वितरण भइसकेको छ । बा“की क्षेत्रहरुको पनि जग्गा सिमाकंन गरी पूर्जा वितरण भइरहेको छ । साथै पूर्वाधार निर्माणको काम चालु छ ।
 बजार अनुगमन ः
उपभोक्ता हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न नगरवासीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने सबै किसिमका खाद्य र उपभोग्य सामाग्रीहरुको विक्री वितरणलाई नियमन गर्न समय समयमा भक्तपुर नगरपालिकाले अनुगमन गर्दैछ । जात्रा, पर्वलाई मध्यनजर गरी पसलहरुको अनुगमनस“गै जनस्वास्थ्यस“ग प्रत्यक्ष सरोकार राख्ने औषधी पसलहरु, मासु पसल, मिठाइ पसललगायतका विभिन्न व्यापार व्यवसायको नियमित रुपमा अनुगमन भइरहेको छ । अनुगमनको क्रममा भेटिएका, म्याद नाघेका र सडे गलेका बस्तुहरु नष्ट गर्ने र मापदण्ड पुरा नगरी व्यवसाय संचालन गरेको व्यवसायीलाई कारवाही गरी रु. १,९७,३००।— जरिवाना स्वरुप रुपैया असुल गरेका छौं । त्यस्तै नगरपालिका क्षेत्रभित्र सञ्चालित विकास निर्माणका कार्य, सम्पदा संरक्षण कार्यको पनि नियमित अनुगमन भइरहेको छ ।
 नक्सापास ः
आर्थिक वर्ष ०७९।८० को १० महिनामा कूल २५५ वटा नक्सा दर्ता भएकोमा सो अवधिमा ३६३ वटा नक्सापास भयो ।  ती मध्ये १९१ जनाले निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्राप्त गरि सकेका छन् । 
 मुद्दा फछ्र्यौट ः
आर्थिक वर्ष ०७९।८० को १० महिनामा अनियमित निर्माणलगायतका विषयमा ३ सय ४८ वटा मुद्दा फछ्र्यौट भयो । सो अवधिमा नगरपालिकामा कूल १ सय ९९ वटा मुद्दा दर्ता भएको थियो । 
 सीपमूलक तालिम ः 
युवा, महिला र बेरोजगारलाई लक्षित गरी भक्तपुर नगरपालिकाबाट विभिन्न तालिमहरु संचालन गर्दै आएकोमा हाल आधारभूत र उन्नत सिलाई, बुटिक, पाक शिक्षा, हेयर कटिङलगायत तालिम सञ्चालनमा छन् भने जापानी भाषा, चिनिया भाषा, डकर्मी, सिकर्मीलगायतको तालिमका लागि आवश्यक तयारी भइरहेको छ । युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले रु. ५ लाखसम्म युवा उद्यमशीलता ऋणको व्यवस्था गरेको छ ।
 खोला सुधार ः 
भक्तपुर नगरको उत्तर र दक्षिणमा बग्ने क्रमशः कासाङ र हनुमन्ते खोला प्रदुषित भइरहेकोबारे हामी चिन्तित छौं । खोलामा मिसिएको ढल व्यवस्थित गर्न पीआइडीमार्फत ब्रम्हायण्ीदेखि सल्लाघारीसम्म पाइप बिछ्याउने कार्य सम्पन्न भयो भने हनुमानघाट र सल्लाघारीस्थित उपचार पोखरी पुनःप्रयोगमा ल्याउन आवश्यक निर्माण कार्य जारी छ । त्यस्तै हनुमन्त्ते खोलाको दुवैतिर ढुंगे पर्खाल निर्माण गर्दै हनुमन्त्ते करिडोरको कार्य अघि बढेको छ ।
 सञ्चारमाध्यम ः
भक्तपुर नगरपालिकाले आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै सुशासन कायम गर्ने प्रयास गर्दै आएको छ । सो क्रममा भक्तपुर नगरपालिकाले शुरुदेखि नै आफ्नो मुखपत्र प्रकाशन गरी नगरपालिकाको सम्पूर्ण गतिविधि र निर्णयहरु सार्वजनिक गर्दै आएको हो । भक्तपुर नगरपालिकाले नियमित मासिक भक्तपुर, पाक्षिक ख्वप पौ, भक्तपुर खबर डट कम (अनलाइन) पत्रिका, फेसबुक पेज, वेभ साइटमार्फत नगरपालिकाको सम्पूर्ण गतिविधि सार्वजनिक गर्दै आएको छ । यो वर्ष नगरपालिकाले ख्वप टेलिभिजन प्रशारण तयारीको क्रममा छ । यसै वर्ष ‘वाकुपति चाँगुनारायण तामाको छानामा सुनको जलप—२०८०’ पुस्तक प्रकाशन गरियो ।
 पुस्तकालय
नगरवासीहरुको सांस्कृतिक स्तर उकास्न र पठन संस्कृतिको विकासको लागि नगरपालिकाद्वारा संचालित जनज्योति पुस्तकालयको स्तरोन्नति गर्दै छौं । जनज्योति पुस्तकालयमा आजैबाट ई—लाइब्रेरी संचालन शुभारम्भ भयो । जनज्योति पुस्तकालयमा १ हजार ४ सय ७० जना सदस्य रहेकोमा यो वर्ष १० हजार ८ सय ४६ जना पुस्तकालयको पुस्तक प्रयोगकर्ता र पाठक रहेको जानकारी पुस्तकालयले जनाएको छ । उक्त पुस्तकालयमा १० वटा इन्टरनेटसहितको कम्प्युटरको व्यवस्था छ ।
 विविध ः
एक वर्षको अवधिमा देशका ३१ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरुले भक्तपुर भ्रमण गर्नुभयो सो अवसरमा उहाँहरुसँग नगरपालिकामा भेटघाट गरी अनुभव आदान प्रदानको अवसर मिल्यो भने हामीले उपत्यका बाहिर जिल्ला भ्रमणको सिलसिलामा १५ वटा स्थानीय तहका जनप्रतिनिधिसित भेटघाट तथा अनुभव आदानप्रदान ग¥यौ । यसरी एक वर्षको समयमा स्थानीय तहका ४६ वटा पालिकाका प्रमुख, उप प्रमुखहरुसित प्रत्यक्ष भेटघाट भयो । विभिन्न पालिकाका जन प्रतिनिधिहरुसँगको अनुभवहरुबाट हामीलाई अझ बढी जनताको सेवा गर्ने उत्प्रेरणा मिलेको छ । 
एक वर्षको अवधिमा चीन, बंगलादेश, नर्वे, लक्जम्वर्ग, पाकिस्तान, दक्षिण एसियाली संसदीय टोली, जर्मन, क्युवालगायत ८ वटा मित्र देशका उच्च स्तरीय प्रतिनिधिहरुले भक्तपुरको भ्रमण गर्नुभयो । 
नगरपालिकामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाकै आयोजनामा विभिन्न तालिमहरु सम्पन्न भयो । त्यस्तै मन्त्रालय र अन्य सरोकारवालाहरुबाट भएका क्षमता अभिवृृद्धिका तालिमहरुमा पनि यस नगरपालिकाका कर्मचारीहरु सहभागी भएका थिए ।
अन्त्यमा, भक्तपुर नगरपालिकाले जनताको निम्ति गर्नुपर्ने थुप्रै कार्यहरु बाँकी छन् । जनताको राय, सल्लाह र सुझावअनुसार विगतका दिनहरुझैं निरन्तर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्छौं । आगामी आ.ब.२०८०।८१ को बजेट अधिवेशन आउँदै छ । त्यसको लागि पनि नगरपालिकाले गर्नुपर्ने महŒवपूर्ण कार्यहरुको लागि समयमै आवश्यक सुझाव प्रस्तुत गर्न तमाम नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गर्दछौं । हामी तपाइँहरुको सेवाको लागि स“धै तत्पर छौं । धन्यवाद । 
(भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको १ वर्ष पुगेको अवसरमा २०८० जेठ ६ गते शनिबार आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त वार्षिक गतिविधिसहितको  प्रतिवेदनको पूर्ण पाठ)


...

All Comments.......


Please Login/Register To Comments