भरतमणि जंगम 
जंगम प्रतिष्ठान नेपाल 
भ्रष्टाचार विरोधी अभियानकर्ता
प्रारम्भ
दिनहुँ हजारौको संख्यामा मान्छे जन्मछन् यो पृथ्वीमा । ती मान्छे भएर जन्मेकाहरू सवैले मानवोचित्त कार्य गर्छन नै भन्न सकिन्न । साधारणतया मान्छे आ–आफ्नो परिवार र आफ्नो वरपरका केही व्यक्तिहरूमा मात्र सीमित रहेर आफ्नो जीवनको महत्वपूर्ण समयलाई व्यतित गरेका हुन्छन् । तर समाजका केही यस्ता व्यक्ति पनि जन्मन्छन् जो आफू आफ्नो परिवार भन्दा वाहिर पनि सेवा पु¥याउनु पर्छ भन्ने भावना राख्ने हुन्छन् । जो व्यक्ति समाज हितको लागि क्रियाशील हुन्छ ।
यस क्रममा भक्तपुर निवासी डा. इन्दुल के.सी. का वारेमा केही लेख्ने जमर्को गर्दैछु । समाजमा असाधारण व्यक्ति जन्मेको हुन्छ जसले समाजको चौतर्फी उत्थानको लागि आफ्नो समय बिताइरहेको हुन्छ । हो, यस्तै व्यक्तिका धनी डा. इन्दुल के.सी. का वारेमा सोच मग्न छु । उनी एक झा ब्राम्ह्ण परिवारमा जन्मेको हुँदा आफ्नै पुख्र्यौली घर भक्तपुर नासमना टोलमा बस्छन् । उनको आफ्नो परिवार भित्र पारिवारिक प्रेम सद्भाव जिम्मेवारी पनि र घर वाहिर सामाजिक प्रतिष्ठा पनि राम्रै छ । त्यसैले पनि इन्दुल के.सी सामाजिक उत्थानमा जुट्न सकेका हुन जस्तो लागेको छ।
भक्तपुरका राजा भुपतिन्द्र मल्लले भक्तपुर नगरलाई स्वर्णिम नगरको रूपमा निर्माण गर्ने क्रममा विक्रमको सात्रौं शताब्दीमा उत्तर विहारको मिथिला क्षेत्रबाट ४ मैथिली ब्राम्हाहरूलाई झिकाएर नेपाल मण्डलको अर्थ र संस्कृति विकास शुरू गरेका थिए। ती चार मैथिली ब्राम्हणमा पण्डित चतुर्भुज प्रमुखको रूपमा आएका थिए । उनै चतुर्भुज झाका सन्तान श्री केदारनाथ झा इन्दुल के. सी का पिता हुन् । आफ्नो महत्वपूर्ण समय समाज विकासको लागि लागिरहेका डा. इन्दुल के.सी का वारेमा सोच मग्न छु ।
इन्दुल के.सी. एउटा विद्यार्थी हुन्, कसैका छोरा हुन्, जागिरे थिए, कसैको पति र पिता पनि हुन् । वैकल्पिक उपचार विषयमा भारतको कलकत्ता स्थित इन्डियन बोर्ड अफ अल्टर्नेटिभ मेडिसिन – डब्लु.एच.ओ.बाट मान्यता प्राप्त संस्था हो । आफ्नो शोधपत्रलाई आधार मानि प्रदान गरिएको विद्यावारिधी (पी.एच.डी) उपाधी उनले प्राप्त गरेका हुन् । उसले स्वास्थ्य सम्वन्धी उपचारका विभिन्न विधिलाई प्रयोगात्मक रूपमा परिचय गराउने गरी धेरै व्यक्तिहरूलाई प्रभावकारिक उपचार सेवा प्रदान गरी रोग व्याधिले दुःख पाइरहेकाहरूलाई रोग मुक्त गरेका छन् । उनले उपचार गरी सेवा पुयाईएका केही व्यक्तिहरू कथाकार परशु प्रधान तथा संस्कृत विद् श्री तेजेश्वर वावु ग्वंग योजना विद् श्री लक्ष्मी नारायण ताम्राकार, शारदा मा.वि. का स्वर्गीय प्राधानाध्यापक श्री गजेन्द्र वहादुर वैद्य पनि हुनुहुन्थ्यो ।
इन्दुलले सरकारी सेवा निवृत्त भएपछि अध्ययन गरी स्वास्थ्यको उपचार व्यवसायको काममा लागेतापनि उसले त्यो जिवीकोपार्जनको काममा भन्दा बढी कार्य कला संस्कृतिको जगेर्नाको लागि परेको हामीले पाएका छौं । भक्तपुर नगरको संस्कृति एक देखिएपनि अनेक छन् । ब्राम्हाणको, नेवारको र ज्यापू जातिको संस्कृति पृथक पृथक किसिमबाट विकसित भई स्थापित भएका छन् । त्यस्तो विविध कला संस्कृतिलाई एक सूत्रमा बाध्न इन्दुल के.सी. ले कला संस्कृति भजन महागुठी नामको संस्था खोली त्यो संस्थाको संस्थापक अध्यक्ष भए । भक्तपुर नगरमा चलेका भजन मण्डलहरू रास भजन, ढल्चा भजन, दाफा भजन, जस्ता भजन मण्डलहरूलाई एक सूत्रमा बाध्न समर्थ भए । यसको विकासको लागि हालसम्म निरन्तर लागिरहे । नेवा कला संस्कृति प्रतिष्ठान, भक्त समाज नेपाल जस्ता अनेकौँ संस्थाहरू खडा गरी नेवा संस्कृति भजन संस्कृतिको विकास गर्ने प्रयास गर्दैछ, र यी संस्थाहरूबाट भक्तपुरमा अनेक सार्वजनिक भजन कार्यक्रमहरू सञ्चालन गरी रहेका छन् । उनी आफै पनि भजन राम्रा गायक हुन् र कला संस्कृति विकासको अगुवा हुन् । भक्तपुरको कला संस्कृति विकासमा डा. इन्दुल के.सी. को विशेष योगदान छ ।
इन्दुल कविता लेख्छन्, उनी कवि हुन् । नेपाल सस्ता समाजले प्रकाशित गरेको डा. इन्दुल के.सी. को कविता संग्रह भुइँचालो पुस्तक मैले पढेको थिएं । उक्त पुस्तकमा संग्रहित उनका कविताले नेपाली समाजका विभिन्न विकृति एंव विसंगतिलाई उजागर गरी पाठहरूलाई नेपाली समाजका सामाजिक, राजनैतिक इत्यादी विभिन्न विषयलाई उजागर गरी लेखिएका कविताहरूले विशेष महत्व बोकेको स्पष्ट देखिन्छ ।
म हाल काठमाडौं वानेश्वरमा बस्छु । कहिले काहीं एका विहानै म डा. इन्दुल के.सी. सँग फोन सम्पर्क गरी भक्तपुरका विभिन्न धार्मिक, सामाजिक कार्यको वारे सरसल्लाह गर्ने गर्छु । एकदिन एका विहानै करिव ६ बजेतिर मोवाइलमा उसलाई सम्पर्क राख्दा डा. इन्दुल के.सी. भक्तपुर भोलाछें टोल स्थित महाकाली स्थान स्थित योग ध्यान केन्द्रमा योगवारे प्रवचन दिँदै रहेको पाएँ । त्यहाँ योगाभ्यास गरी रहेका धेरै मान्छेहरू हल्लल हाँसिरहेको आवाज मैले मोवाइलबाट सुने । यस्तै ऊ एकाविहानै कहिले काहीँ भक्तपुर वाराही पीठ स्थानको योग तथा प्राकृतिक चिकित्सा कार्यमा संलग्न भइरहेको पाउँथे । मैले पछि बुझें स्वामी श्री विशुद्ध गुरूदेवको शिष्य भएर योग कक्षा संचालन गर्दै योग तथा प्राकृतिक चिकित्साको माध्यमद्वारा डा. इन्दुल के.सी. समाज सेवा गरी रहेको हुन्छ ।
विश्व प्रसिद्ध ओशो रजनीसको ध्यान प्रकृयाबाट इन्दुल प्रभावित भई आज भन्दा १५ वर्ष पहिलेनै दिशाप्राप्त गरी स्वामी इन्दुनाथ झा पनि भैसकेको रहेछन् । यसैको नाताले हाल इन्दुल ओशो पथिक ध्यान केन्द्र धौलागिरि आश्रम केन्द्र सतुंगल काठमाडौंमा ओशो पथिकज्यूसँग सहकार्य गरी त्यहाँ पनि बेलाबेलामा सेवा कार्य गरी रहने कुरा मैले हालै थाहा पाएँ । भक्तपुरका धेरै व्यक्तिहरूलाई इन्दुलले उक्त ध्यान केन्द्रमा लगी केही दिन त्यहिनै राखी योग ध्यान, रेकी कार्यमा संलग्न गराई सेवा कार्य गरी रहनु भएको छ ।
मैले भक्तपुर सल्लाघारीमा धन्याचल महायज्ञको एक धार्मिक कार्य सम्पन्न गरेको थिए । सो कार्यको उद्घाटन भारत उत्तराखण्ड जोशिमठ्का जगत गुरू १००८ श्री शंकराचार्यज्यूबाट भएको थियो । उक्त धान्यान्यल समारोहको मूल आयोजक समितिको एक सक्रिय संयोजक उनले त्यहाँ ७ दिन सम्म भजन कार्य तथा स्वास्थ्य सेवामा संयोजक भई विभिन्न डाक्टरहरू तथा स्वास्थ्य सम्बन्धि सहायकहरू समेतलाई ल्याई आफू महायज्ञमा आउनु भएका हजारौं जनालाई स्वास्थ्य सेवा डा. इन्दुल के. सी. ले गर्नुभएको सेवा कार्यलाई म विर्सनै सक्तिन । उक्त महायज्ञको जगत गुरू श्री शंकराचार्यलाई विदाई गर्न त्रिभुवन विमानस्थलमा तत्कालिन भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी र म स्वयम समेत ४ सदस्य मात्रको उपस्थितिमा श्री गुरुज्यूलाई डा. इन्दुल भक्तपुरको कटुञ्जेमा १ योग तथा प्राकृतिक चिकित्सालयको विद्यालय स्थापना गर्न आफ्नो योजना प्रस्तुत गरी जगत गुरूको सहयोगको याचना गर्नु भएको मैलै ध्यान पूर्वक सुनिरहेको थिएँ । खुशीको कुरा जगत गुरू श्री शंकराचार्यज्यूले इन्दुल के. सीको योजनालाई सकारात्मक रूपमा लिई सक्दो सहयोग गर्ने वचन दिनु भएको थियो ।
भक्तपुरलाई नै नेपाल मण्डलको राजधानी गरी राजकाज गर्ने मल्ल राजाहरूले नेवार जातिको संस्कृतिको विकासका लागि ब्राम्हण समुदायका जङ्गम राज उपाध्याय र मैथिली झा ब्राम्हणहरूको विशेष योगदानलाई स्वीकार गरेको देखिन्छ । यसै क्रममा पण्डित चतुर्भुज झाका सन्तानका रूपमा रहेका इन्दुल के.सीले वर्तमान भक्तपुरको संस्कृति विकासमा के कसरी कार्यलाई अगाडी बढाएका छन् भन्ने कुरा पनि बिचार गर्नुपर्ने देखिन्छ ।
इन्दुल के.सीले स्वास्थ्य सम्बन्धि उपचारका अनेक विधिलाई प्रयोगात्मक रूपमा परिचय गराउने कार्य गर्दै आएका छन् । विद्यावारिधि गरेकै कारण उनको नाउको अगाडी डाक्टर भनी विशेषण जोडिएको हो । यो विद्यावारिधि भन्दा पनि बढी कार्य कला संस्कृतिको जगेर्नाको लागि डा. इन्दुल के.सीले काम गरिरहेको हामीले पाएका छौं । भक्तपुर नगरको संस्कृति एक देखिए पनि अनेक छन् । ब्राम्हणका, नेवारको र ज्यापू जातिको संस्कृति पृथक पृथक किसिमबाट विकसित भई स्थापित भएका छन् । त्यस्तो विविध शिक्षामा स्नातक उपाधि हाशिल गरेपछि नेपाल सरकारको सेवामा प्रवेश गरी नेपालको धेरै जिल्लाहरूमा भ्रमण गरी नेपाली समाजलाई राम्ररी बुझ्ने मौका पाएका इन्दुलजीले निजामति सेवा प्रशाशनलाई राम्ररी बुझेका छन् अर्थात उनी राम्रा प्रशासक पनि हुन् ।
उनी भक्तपुर नगरमा रहेको श्री वाराही पीठ विकास समितिका अध्यक्षका रूपमा क्रियाशील रहेका थिए । वि.सं. २०७२ सालको अक्षय तृतीयाका दिन शिव पार्वती विवाह महोत्सव गर्नुपर्ने प्रस्ताव गर्ने मौका यो लेखकले पाएको थिएँ । वि.सं. २००५ सालमा प्रथम पटक शिव पार्वती विवाह महोत्सव भक्तपुर टौमढी टोलका गोविन्द हरी जङ्गमको नायक्तवमा सम्पन्न भएको थियो। त्यसपछि भएको रहेनछ । पहिले भएको महोत्सवलाई निरन्तरता उद्देश्यका साथ इन्दुल के.सी.लाई प्रस्ताव गर्दा उनले सहर्ष स्वीकार गरी निरन्तरता दिने कार्यलाई उत्साहित गराएका थिए । डा. इन्दुल के.सी. कला र संस्कृति विकासको कार्यमा सदैव अग्रगामी भूमिका निर्वाह गर्ने एउटा असल व्यक्ति हुन् भने कुरा हामीले बुझेका छौं ।
उमेरले म भन्दा ६ वर्ष जेठो छन् इन्दुल के. सी. । त्यसैले मैले इन्दुल दाइ भनेर सम्बोधन गर्दा उनी खुसी हुने गर्छन् । असाधारण प्रतिभाका धनी उनी सधै नयाँनयाँ विषयलाई समाजमा चिनारी गराउने प्रयत्न गर्नेछ । उनले गरेको कार्यहरू सफल भएको देखिएको छ । प्रस्ट वक्ता छन् । मनमा लागेका कुरा छिट्टै अभिव्यक्ति गर्ने उनको बानी छ । यो बानीले कहिले काहीँ उनी विवादमा फस्छन् । हुन त प्रस्ट बोल्नु ठीक हो, तर सवै विषय प्रष्ट बोल्नु पनि हुँदैन् । यो कुराको जानकारी नभएका भने उनी होइनन् । जान्दाजान्दै बुझ्दाबुझ्दै पनि उनको छिटो अभिव्यक्ति गर्ने बानीले गर्दा विषयले गम्भीरता पाउन सक्दैन । जे होस, खुला छन्, प्रष्ट छन् र सबैका लागि उनी एउटा खुला किताबको रूपमा रहनु भएको छ ।
पछिल्लो समयमा उनले भक्त समाज नेपाल भन्ने संस्था खोलेर धेरै धार्मिक व्यक्तिहरूलाई समावेश गराउन समर्थ भएका छन् । विहान ४ वजे उठेपछि योग ध्यानमा सम्मिलित हुँदै उनी योग कक्षा पनि सञ्चालन गर्छन् । सबैका प्रिय डा. इन्दुल के.सी भक्तपुर नगरको कला संस्कृतिको विकासमा जुटेका एक कर्मठ एवं योग्य व्यक्ति हुन् । उनको सुस्वास्थ्य र दीर्घ जीवनको लागि माता तलेजु भवानी र भैरवनाथसँग प्रार्थना गर्दछु । 

...

All Comments.......


Please Login/Register To Comments