रक्तदान कार्यक्रमको अभियानमाः तारा बहादुर कुवँर
काठमाडौं । चक्रपथ सरसफाई अभियान बाफलका अभियन्ता तारा बहादुर कुँवर अब रक्तदान कार्यक्रमको पनि अभियानमा पनि लाग्नुभएको छ । कोरोना महामारीले रगत कम भइरहेको यस समयमा उहाँले यो सामाजिक कार्यक्रमको अभियान शुरु गर्नुभएको हो । हिँजो शनिबार यो समाचार लेख्दा सम्म ताराबहादुर कुँवरको चक्रपथ सरसफाई अभियान १ सय ७० औँ हप्तामा चलिरहेको थियो । त्यसैगरी समाजसेवी तारा बहादुर कुँवरले लकडाउनको यो समयमा हिँजै शनिबार २० औँ हप्ताको राहत वितरण पनि गरेका छन् । हिँजो शनिबार मात्रै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा १ सय ३ जना रिक्सा मजदुर, असक्त अपाङ्ग, वृद्ध, वृद्धा र एकल महिलालाई तारा बहादुर कुँवरले राहत वितरण गरेका हुन् ।
तारा बहादुर कुवँरको रक्तदान कार्यक्रमको अभियान भने यो दोश्रो पटक हो । कोरोनाको यो विषम परिस्थितीमा पनि एक सामाजिक अभियन्ता बनी तारा बहादुर कुँवरले दर्जनौ पाउण्ड रगत जम्मा गरी नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराएका छन् । समाजसेवी तारा बहादुर कुँवर काभ्रे जिल्ला भुम्लु गाउँपालिका चौबास निवासी हुन् । उनी सानै देखि सामाजिक भावनाका मानिस हुन् । उनले काभ्रे जिल्लामा पनि थुप्रै समाजसेवाका कामहरु गरेका छन् । उनले गरेका सामाजिक कामहरु उनै तारा बहादुर कुँवरद्वारा लेखिएको पुस्तक हजुरलाई नमस्ते भाग १ र भाग २ मा पढ्न सकिन्छ । काठमाडौं विश्वविद्यालयले उक्त किताबलाई पाठ्यक्रममै राखिदिएको छ भने भारतको एक चर्चित विश्वविद्यालयले पनि हजुरलाई नमस्ते किताबलाई अंग्रेजीमा उल्था गरी आफ्ना विद्यार्थीहरुको पाठ्यक्रममा राखिएको छ ।
यसै बिच समाजसेवी तारा बहादुर कुँवरले अघिल्लो साताबाट सुरु भएको रक्तदान कार्यक्रममा यो पटक २८ जनाले सहभागीता जनाएका छन् । कोभिडका बिरामीलाई प्लाज्मा थेरापीको माध्यमबाट उपचार गर्न सकिने भए पछि अस्पतालमा रगतको अभाव देखिएको अवस्थामा अभाव हुन नदिने उद्धेश्यका साथ नियमीत रक्तदान थालिएको समाजसेवी तथा संयोजक तारा बहादुर कुँवरले काभ्रेपोष्ट साप्ताहिकलाई बताउनु भयो । हरेक स्वस्थ मानिसले ६,६ महिनामा रक्तदान गर्न सकिने चिकित्सकहरुले बताएका छन् । त्यसरी रक्तदान गर्दा शरीरलाई थुप्रै लाभ हुने भएकाले सबैले रक्तदान गर्न पनि कुँवरले अपिल गरेका छन् । निषेधआज्ञाका कारण बन्द रहेको आफ्नै काठमाडौं बाफलको पसलमा सामाजिक तथा सुरक्षाका उपाय अपनाएर रक्तदान अभियान सञ्चालन गरिएको तारा बहादुर कुँवरले बताउनु भयो । रक्तदान कार्यक्रममा लायन्स क्लव,रोटरी क्लव,मानव अधिकार संगठनले सघाएका छन् भने मुख्य आयोजकको रुपमा चक्रपथ सफाइ अभियान रहेको छ । रक्तदान कार्यक्रम हरेक हप्ता हुने आयोजकले जनाएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments