महेन्द्र गोपाल कर्माचार्य
प्रधानध्यापक
श्री शान्ति निकेतन मा.वि तथा
 विभिन्न साहित्यिक किताबका लेखक
प्रारम्भ
२०७२ सालको बैशाख १२ को विनाशकारी भूकम्पपछि मेरो भक्तपुर पनि असरल्ल भयो । भत्केका, भत्काइएका घर, मठ, मन्दिरका भग्नावशेषले मूल सङ्कहरू भरिएका थिए । सानो हावाको झोक्काले पनि सहिनसक्नु धुलो उड्ने समस्याले ठूलै सकस दिइरहेको थियो । भूकम्पका कारण घर भत्केपछि धेरैजसो नगरवासीहरू पाल, टहरा जस्ता अस्थायी बासस्थानमा आश्रय लिन बाध्य थिए । मेरो सुन्दर भक्तपुर उराठ लाग्दो भयो । नचाहेर पनि वरिपरिका दृश्यहरूले भूकम्पको पीठालाई खाटा बस्न दिइरहेको थियो । त्यसमाथि समय समयमा गइरहने भूकम्पका पराकम्पहरूले जनजीवनलाई चारमहिनाको अन्तरालमा पनि झस्काइरहेकै थिए । भूँईचालोले मानौं जीवनलाई सामान्य हुन नदिन कम्मर कसिरहेभै लाग्यो । जीवनका अनेक भोगाइमध्ये एउटा पृथक भोगाइ, सन्त्रासयुक्त भोगाइ ।
विद्यालय छुट्टीपछि घर पुग्नपाइला अघि बढाउँदै गरेको अवस्थामा मेरो घर नजिकै भक्तपुरको मुख्यबजार सुकुलढोका र गोल्मढीको सिमाना रहेको भीमसेन मन्दिरनिर डा. श्री इन्दुल के.सी. सँग भेटभयो । अभिवादन गरेँ । भलाकुसारी भयो । उहाँले आफ्नो कविता सङ्ग्रह भुइँचालो पुर्नप्रकाशनको तयारीमा रहेको सुनाउनु भयो । बिर्सन चाहेको भूँईचालो शव्द फेरि पनि मेरो अगाडी प्रकट भयो । एक मनले म फेरि पनि त्रसित बनें। प्रकटमा उहाँ सामु मैले खुशी व्यक्त गरेँ ।
इन्दुल सरको कुराले दिमागमा शायद केही तनाव भयो । मैले सोचें के लेख्ने ? म जन्मनुभन्दा अघि नै समाजमा आफ्नो पहिचान बनाइ सकेको व्यक्तिको बारेमा मैले एउटा लेख लेख्ने विचार गरेँ । मैले विद्यालय तहको कखरा पढिरहेको बेलामै शिक्षा मन्त्रालयको अधिकृत भइसकेको व्यक्तित्वको बारेमा मैले कसरी टिप्पणी गर्ने ? मानसिक द्विविधाले म ग्रस्त भएँ । इन्दुल सरसँग २०३८ ÷ ०३९ सालताका चिनजान भएपछि उहाँले भन्नु भएका कामलाई मैले नकारेको छैन । म उहाँसँगको सम्बन्ध र स्मरणलाई लेख्ने छु । मैले अठोट गरेँ ।
उहाँको बारेमा लेख्ने क्रममा मेरो मानसपटलमा उहाँ बारे सुनेका, सुनाइएका, पढेका, देखेका र भोगेका विभिन्न स्मरण, घटना र सहकार्यका दृश्यहरू घुम्न थाले –
म जन्मेकै वर्षमा स्थापना भएको विराट नेपालभाषा साहित्य सम्मेलन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको र सोही वर्ष त्यस सम्मेलनमा कविता विधातर्फ प्रथम स्थान हासिल गरेको इतिहास । 
ड्ड चार दशकभन्दा अगाडीनै तत्कालीन सरकारको उप सचिव तहमा कार्यरत रही शिक्षा एवम् स्थानिय विकासको प्रशासकको रूपमा देशको सेवा गरेको तथ्य ।
ड्ड समकालीन समाजका अधिकांश विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध भएको एउटा प्रशासक ।
ड्ड निरङ्कुश पञ्चायती व्यवस्थाका तत्कालीन सरकारका गलत क्रियाकलापलाई सप्रमाण जनसमक्ष ल्याउन खेलेको भूमिका । 
ड्ड श्री पद्म मा.वि. (हाल उमावि) सञ्चालक समितिको सदस्य तथा ज्ञानविजय निमाविको अध्यक्ष भइ बनाउनु भएको शिक्षासेवीको छबि । 
ड्ड भक्तपुर अस्पतालको पुरानो भवनमा शहीद स्मृति क्यान्सर उपचार केन्द्र (जहाँ हाल भक्तपुर क्यान्सर अस्पताल सञ्चालित छ) स्थापना गर्न खेलेको भूमिका ।
ड्ड साँस्कृतिक संरक्षणको क्षेत्रमा बाराही पीठ विकास समितिको स्थापना गर्न निर्वाह गर्नु भएको भूमिका र कला संस्कृति भजन महागुठीको नेतृत्व, नेवाः कला संस्कृति प्रतिष्ठानसमेतको संस्थापक अध्यक्ष ।
ड्ड एउटा कानुनको विद्यार्थी अनि अर्कोतर्फ प्राकृतिक चिकित्सामा विद्यावारिधि प्राप्त व्यक्ति ।
ड्ड भुइँचालो कविता संग्रहका लेखक, स्रस्टा समाज, नेपालका सक्रिय सदस्य ।
ड्ड देशदेशावर घुमेर खारिएको एउटा व्यक्ति ।
यी भूमिकाहरू मैले थाहा पाएका मात्र हुन्, अरू थुप्रै भूमिका होलान्, छन्, हुन सक्छन् ।कुनै तालमेलयुक्त भूमिका, कुनै विपरित जस्ता लाग्ने भूमिका (कानुन व्यवशायी र प्राकृतिक चिकित्सा क्षेत्रमा विद्यावारिधि) मा । एउटा मान्छे यति धेरै भूमिकामा, पत्याउन गाहो छ । मैले देखे, जाने, बुझेसम्म उहाँ जुन क्षेत्रमा संलग्न हुनु भो त्यहाँ जुनसुकै पदमा रहे पनि केन्द्र विन्दुमै रहेर काम गर्नु भो, आफ्नो क्रियाशीलताका कारण अरूभन्दा अगाडी नै रहनु भयो । अगाडी नै हुनुहुन्छ पनि ।
इन्दुल सरका स्वभावजन्य कुरा सम्झँदा वा आफ्नै अनुभवका आधारमा भन्नुपर्दा उहाँ छिट्टै घुलमिल भइहाल्ने, अरूलाई सिकाउनमा रमाउने, अध्ययनशील, कठोर कुरा पनि नभनी बस्न नसक्ने हक्की, परिणामको चिन्ता नगरी आफूलाई ठीक लागेपछि रातदिन खट्न सक्ने निडर, आफूले पाएको जिम्मेवारी क्षेत्रभित्र परिवर्तनको प्रत्याभूति ल्याउन निरन्तर खट्न सक्ने अविश्रान्त, जिम्मेवारी लिएपछि राती पनि सूर्य उडाउनु पर्छ भन्ने मान्यता राख्ने कर्मठ, अरूलाई आँखा चिम्लेर विश्वास गर्ने कोमल, कुनै संस्थामा काम गर्दा सबैको उतिक्कै सक्रियता चाहने, आफ्नो मर्यादामा बस्न नचाहने, सानोदेखि ठूलो जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्न सक्ने सक्षम व्यक्तिको रूपमा मैले चिनेको छु । सहकार्य गर्दै जाँदा पदलाई दायित्वको रूपमा ग्रहण गर्ने र पदलाई कामका रूपमा नभई शानको रूपमा बुझ्ने चरित्र बीच चर्किने रहेछ । यस्तो द्वन्दमा दोस्रो पक्ष हाबी हुँदा रहेछन् अनि पदलाई। दायित्वसँग जोड्नेहरू खेदिंदा रहेछन् वा छोड्न बाध्य हुँदा रहेछन् । मलाई लाग्छ – यस्ता व्यक्तिहरूलाई अरूले चिकित्सा क्षेत्रमा प्रयोग हुने डिस्पोजेबल सिरिन्ज जस्तै प्रयोग गर्दा हुन्, रोग निदानका लागि सुई दिन प्रयोग नगरी नहुने तर प्रयोगपछि डिस्पोज गर्ने, शायद इन्दुल सर पनि यस्ता चरित्रहरूको शिकार हुनु भएको छ, भएको हुनुपर्छ वा बनाइएको हुनुपर्छ तर मेरो मूल्यांकनमा उहाँ निरन्तर सक्रियताको प्रतिक घण्टाघर हुनुहुन्छ अविश्रान्त आफ्नै गतिमा चलिरहने, आफ्नै धुनमा बजिरहने, जस्तोसुकैसहज र असहज परिस्थितिमा पनि आफ्नो अस्तित्व कायम गर्दै ठडिरहने ।
कार्य सम्पादनका दौरान अगाडी आएका जस÷अपजसलाई स्वीकार गर्दै शैक्षिक, साहित्यिक, सामाजिक, साँस्कृतिक, स्वास्थ्य लगायतका क्षेत्रको उत्थानमा कुनै न कुनै ढङ्गबाट निरन्तर बगीरहेको नदी रूपी इन्दुल सरको आत्मसंस्मरणको प्रकाशनबाट नयाँ पुस्ताले धेरै सिक्नु छ, सिक्न सक्छ र सिकाइरहने छ ।

...

All Comments.......


Please Login/Register To Comments