भक्तपुर । टङ्केश्वर कालिमाटीस्थित नील बाराही मा. वि. का प्रअ डा. जानुका नेपालसहित २५ जनाको शिक्षक समूहले आइतबार भक्तपुरको च्याम्हासिंहस्थित वागीश्वरी मावि तथा कलेजको स्थलगत भ्रमण गर्नुभएको छ । 
टोलीलाई औपचारिक रूपमा स्वागत गर्दै वागीश्वरी मा.वि.का प्रअ कृष्णप्रसाद धन्छाले सामुदायिक विद्यालयका असल अभ्यास र विद्यार्थीहरुको सिकाई उपलब्धि वृद्धि गर्न अपनाएका नीति क्रियाकलापहरुको बारेमा जानकारी दिनुभयो । 
कार्यक्रमा बोल्दै टोलीका नेतृत्व डा. नेपालले भक्तपुरका विद्यालयहरुले अपनाएको नमूना नीति तथा कार्यकलापहरु काठमाडौंका विद्यालयहरुले पनि सिक्नुपर्ने बताउ“दै बन्द हड्ताल र सरकारी विदामा पनि विद्यालय सञ्चालन गर्ने गरेको तथा शिक्षकका सन्तानहरु सामुदायिक विद्यालयमा पढाउनुपर्ने नैतिक मान्यता देशभरी लागु हुनुपर्ने बताउनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments