भक्तपुर
  • Post Date 2020-09-14 15:02:24

डा. इन्दुल केसी


राष्ट्रकै एक मनमोहक सुन्दर फूलवारी भक्तपुर
फूलेका छन् यहाँ कला संस्कृति र सुसंस्कार ।

डकर्मी, सिकर्मी, श्रेष्ठ किसानका बासस्थान
थरिथरि जातिका अनेकतामा एकता ।

मौलिक बाजाहरुका साथ सुमधुर संगितमय भजन गान
मौसम अनुकुल स्वःस्फूर्त हुन्छन् यहाँ विविध नाच गान ।

हाकुपटासी, दौरा–सुरुवाल टोपी आफ्नै पहिरन
मेलमिलापका अनुपम उदाहरणीय शान्त वातावरण ।

विस्केट जात्रा दशै, तिहार विशेण चाडवाड आफ्ना
योमरी, चतामरी, सम्हेबजी, ऐला आफ्नै मौलिक खानपान

हाय् अफसोच ! त्यो सुन्दर भक्तपुर बने अव विकृति घर
सिस्नो झारपात झ्याङमा कुरुपैपारी रुपतान्तरण ।

जताजतै घोच्छ, पोल्छ सोझा निर्धा निमुखलाई
यत्रतत्र कोरियो अनेकौं विभाजनका रेखाहरु ।

गुट, फूट, झूठ–मुठको गोप्य मन्त्र कानमा सुतुक फूक्छ
असंख्य सोझाका मन–मस्तिकमा एकोहोर गाढाए पोतिन्छ ।

जात्रा मेला–पर्वमा ढुङ्गा–मुडाका घनघोर वर्षा
साझा फूलवारी अब फोहरी राजनीतिको त्रिया स्थल ।

लौ आउ ! अब आ आफ्ना दोषी रङ्गिन चश्मा फूकाली फयाकौँ
अब मन र मस्तिक स्वच्छ पारी आपसमा मेल गरौं ।

राष्ट्रकै एक मनमोहन सुन्दर फूलवारी भक्तपुर
पुनःफूलाऔँ यहाँ कला संस्कृति र सुसंस्कार ।

२०७७ भाद्र २६ शुक्रबार


...

All Comments.......


Please Login/Register To Comments