काठमाडौं । ६२६ औं कबीर साहेबजीको प्रकट दिवसको उपलक्ष्यमा सतलोक आश्रम धनुषामा आयोजित तीन दिवसीय विशाल भन्डारा तथा अखण्ड पाठ कार्यक्रमको तेस्रो दिन जेष्ठ २१ गते आईतबार  मधेस प्रदेशका प्रदेश सभासद माननीय हरिनारायण महतो ज्यू ,सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी दिपेन्द्र शाह ज्यू,पूर्व स्वास्थ्य मन्त्री सुरेन्द्र यादव ज्यू, मधेस प्रदेशका पूर्व मन्त्री सत्रुधन महतो ज्यू, तथा सिरहा जिल्लाका पुर्व सभासद रामचन्द्र यादव ज्यूको उपस्थितिमा पूर्ण परमात्माको आरती पाठ गरी कार्यक्रम सम्पन्न भएको छ। आरती सम्पन्न भएपछि कबीर साहेबको धरतीमा प्राकट्य लीला प्रोजेक्टरमा देखाएर सन्त रामपालजी महाराजको सत्संग पनि देखाइएको थियो । प्रदर्शनी स्थलमा विभिन्न किसिमका चित्रहरु लगाएर आम जनमानसमा कबीर परमात्माको लिला तथा उहाँ नै परमात्मा भएको विभिन्न धर्मग्रन्थहरुमा भएका प्रमाणका चित्रहरुबाट आध्यात्मिक तत्व ज्ञानको संदेश दिएको छ । कार्यक्रम समापन भएपछि सर्व श्रद्धालुहरुलाई शुद्ध घ्यूमा बनेको र परमात्मालाई भोग लगाईसकेको हलुवा प्रसाद वितरण गरिएको थियो। 

तीन दिवसीय उक्त समारोहमा दाइजोमुक्त तथा आडम्बरमुक्त विवाह, रक्तदान शिविर, विशाल भण्डारा, निःशुल्क मन्त्रदीक्षा लगायत विभिन्न किसिमका कार्यक्रमहरुको  आयोजना गरिएको थियो जसमा नेपाल तथा अन्य देशहरुबाट आएका सन्त रामपालजी महाराजका अनुयायीहरु सहभागी भएका थिए। उक्त कार्यक्रम अवधिमा जम्मा ८१ युनिट रक्तदान , २८ नव जोडीहरुको सामुहिक अन्तर्जातीय दाइजोमुक्त विवाह भएको छ भने ९५० भन्दा बढीले सन्त रामपालजी महाराज संग मन्त्र दीक्षा ग्रहण गरेका छन् । सन्त रामपालजी महाराजको अपराधमुक्त, स्वच्छ, सभ्य समाजको निर्माण गर्ने अभियानलाई यस कार्यक्रमले निकै अगाडी बढाएको छ। तीन दिनमा यस कार्यक्रममा करीब ५ लाख भन्दा बढी संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको थियो। आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुका माध्यमले समाजलाई सत्य ज्ञानको संदेश दिने र विकृतिमुक्त समाज बनाउने अभियान तिव्रताका साथ जारी रहने आयोजक पक्षले जनाएका छन् 
...

All Comments.......


Please Login/Register To Comments