नविना श्रेष्ठ जेठ २३ नेपाल स्काउट स्थानीय स्काउट कार्यालय बूढानीलकण्ठ नगरपालिका हात्तिगौडामा ५३८औं BTC र ३९६औं PTC आधारभुत स्काउट तालिम अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ। बूढानीलकण्ठ नगरपालिका आयोजक र स्थानीय स्काउट कार्यालय व्यवस्थापन र नेपाल स्काउट लैनचौरको समवयनमा तालिम भएको हो। जेठ १६गते देखि २१ गते सम्मको स्काउट तालिममा BTC को र्षका कोर्ष लिडर सुरज खनाल काउन्सिलर विश्वनाथ बानियाँ,मणी ढहाल रहेको थियो।भने PTC कोर्षका कोर्ष लिडर मबिला खड्का र काउन्सिलरमा अस्मिता श्रेष्ठ, सुमित्रा डंगोल रहेको थियो। प्रकृतिसंग रमाउदैं जीवन उपयोगी तालिमको आवश्यकता रहेको छ।जीवनमा भइपरी कुनै पनि समस्या आउदा आफू कसरी बाच्न सकिन्छ र अरुलाई पनि कसरी बचाउन सकिन्छ भने विषयमा यस्तो तालिमको महत्व रहेको छ। जीवन उपयोगी तालिमहरुमा स्काउट आधारभूत तालिमको महत्व बेग्लै रहेको छ। स्काउट आधारभूत तालिममा बूढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा,वडा नं ११ का अध्यक्ष राजु अधिकारी स्काउटर दिपक निरौला स्थानीय स्काउट संयोजक प्रनेल महर्जन (गंगालाल) लगायत कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी, बाग्मती प्रदेशका संयोजक शिव राम अर्याल, अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीका संयोजक केश रत्न बजार्चाय, वडा नं ९ का अध्यक्ष सुमित्रा पाण्डे, सामाजिक निकायका संयोजक‌ शान्ता ढकाल सर लगायत कमिटीका प्रदाधिकारहरु लगायतको उपस्थिति रहेको थियो।...

All Comments.......


Please Login/Register To Comments