गुण्डू । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूस्थित गुण्डू सामुदायिक विकास केन्द्र गुण्डू भक्तपुरको आयोजनामा भएको तीन दिवसीय कार्यशाला (तालिम) मंगलबार सम्पन्न भएको छ । तालिमका प्रशिक्षार्टीहरुलाई वडा अध्यक्ष रवीन्द्र सापकोटाले एक समारोहवीच वितरण गरे । कार्यक्रममा वडा अध्यक्ष सापकोटासहित सूर्यविनायक नगरपालिका शिक्षा शाखाका प्रमुख रत्न कटुवाल, प्रमुख प्रशिक्षक जीतबहादुर देउजा (विजय विस्फोट), सहायक प्रशिक्षक टिका जिरेल, आयोजक संस्थाका अध्यक्ष माधवप्रसाद घिमिरेलगायतले तालिमबारे चर्चा गरे । 
कार्यक्रममा प्रशिक्षार्थीहरुमध्येबाट महिलातर्फबाट स्मृति रिजाल र पुरुषतर्फबाट दीपक वाग्लेले तालिममा सिकेका ज्ञानबारे अनुभब सुनाएका थिए । कार्यक्रममा आयोजक संस्थाका सदस्य मीना नगरकोटीले स्वागत गरेकी थिइन् ।   

...

All Comments.......


Please Login/Register To Comments