भक्तपुर । बन्द रहेको भक्तपुरको भेलुखेलस्थित सिद्धि स्मृति अस्पतालको बाल आकस्मिक सेवा सुचारु गरिएको छ । अस्पतालमा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरूमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको थियो । वन्द सेवामध्ये इमर्जेन्सी सेवा सुरु गरेको सूचना मंगलबार अस्पतालले प्रकाशित गरेको हो । बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको पठाएकोमा २१ जनामा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड १९ को सम्भावित संक्रमणको जोखिम न्युनीकरणका लागि नियमित सरसफाई कार्य सम्पादन गरी अस्पतालको आकस्मिक सेवा सुरु गरेको जनाएको छ । अन्य सेवाहरु पनि आवश्यक तयारी पश्चात क्रमश सुचारु गर्दै लगिने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । बिहीबार २१ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ रिर्पोट आएपछि आइतबारदेखि अस्पतालको सबै सेवाहरु बन्द गरेको थियो  । साथै आइतबार बेलुकी नै १८ जना कोरोना पोजेटिभ रिर्पोट आएपछि बेलुकी १० बजे नै कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई खरिपाटी आइसोलेसनमा लगिएको थियो ।  

...

All Comments.......


Please Login/Register To Comments