भक्तपुर । भक्तपुरको मध्यपुर थिमिस्थित चाणक्य स्कुल पछाडि आइतबार साँझ आगलागी भएको छ । रौतहट मौलापुर ४ बस्ने बर्ष ४४ को दिङ्कर शाहले संचालन गरेको न्यु खुस्वी ईन्टरप्राईजेज प्रा.लि.मा कारखाना छेउमा बालेको फोहरबाट आगो सल्किएर आगलागी भएको हो । आगलागीबाट अन्दाजी रु ३५ लाख बराबरको क्षति भएको जनाइएको छ । उक्त आगलागी नियन्त्रण गर्न भक्तपुरको तीन वटा दमकल र अन्य पानी ट्याङ्कर परिचालन गर्नुपरेको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ । आगो झण्डै सात बजे पूर्ण रुपमा नियन्त्रणमा ल्याउन सफल भएको जनाइएको छ ।

...

All Comments.......


Please Login/Register To Comments