काठमाडाैं, २९ जेठ । काठमाडाैं काेलम्वस स्कुल बुद्धनगरले बालमैत्री वातावरणका लागि दण्डरहित शिक्षामा सुन्य सहनसिलता कार्यक्रम सञ्चालन गरेकाे छ । काठमाडाैं उपत्यकामै कतिपय विद्यालयहरूमा विद्यार्थीले पाएका यातनाहरू एक पछि अर्काे गर्दै सञ्चार माध्यायमा आइरहेका बेला काठमाडाैं काेलम्वस स्कुल बुद्धनगरले दण्डरहित शिक्षामा सून्य सहनसिलता कार्यक्रमबाट शिक्षकहरूलाई उत्प्रेरित गर्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरेकाे हाे । कन्सोर्टियम नेपालकाे प्राविधिक सहयाेग र सहकार्यमा काठमाडाैं काेलम्वस स्कुल बुद्धनगरले आयाेजना गरेकाे दण्डरहित शिक्षामा सून्य सहनसिलता कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष माेहन दंगालले बालमैत्री वातावरण, शारीरिक दण्डका विकल्पहरूबारे छलफल गर्नुभयाे । अध्यक्ष दंगालले काठमाडाैं काेलम्वस स्कुलका शिक्षकहरूलाई उत्प्रेरित गर्दै प्रत्येक बालबालिकाले फस्टाउन सक्ने सहयोगी वातावरण प्रदान गर्न सशक्तिकरण गर्नुभयाे ।




...

All Comments.......


Please Login/Register To Comments