भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ४ मंगलाछेबाट प्रहरीले लागू औषध गाँजा अन्दाजी. ४ किलो ५२० ग्राम सहित एकजना मानिसलाई नियन्त्रणमा लिएको छ । विहीबार साँंझ ६ बजे प्रहरी चेकिङको क्रममा प्रभाग दरवारस्क्वारबाट खटिएको प्रनानि खिल ब. दुलालको टोलिले काभ्रे रोसी गाउपालिका १० मंगलटार घर भई हाल मंगलाछे बस्ने बर्ष २३ को अभी तामाङलाई पक्राउ गरेको  हो । पक्राउपछि उनलाई परिसर भक्तपुरमा ल्याई थप अनुसन्धानको भइरहेको जनाइएको छ । घटनास्थल परिसर भक्तपुरबाट अन्दाजी ५०० मिटर दक्षिणमा पर्दछ ।

...

All Comments.......


Please Login/Register To Comments